बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

‘नेपाल टप म्युजिक अवार्ड’ आयोजना हुने

सोमबार, २४ फागुन २०७७, १३ : ०७
सोमबार, २४ फागुन २०७७

काठमाडौँ । नेपाली गीत–संगीतको प्रचार प्रसार गर्दै र त्यसका स्रष्टालाई पुरस्कृत गर्ने उद्देश्यले ‘नेपाल टप म्युजिक अवार्ड–२०२१’ आयोजना हुने भएको छ । आयोजक युथ ग्रुप नेपालले सोमबार एक विज्ञप्ति जारी गर्दै अवार्डको सवै विधामा आवेदन खुल्ला भएको जनाएको हो ।

सुगम संगीत, पप संगीत, लोक दोहोरी, अन्तर्राष्ट्रिय भिडियो, चर्चित गीत, चलचित्र गीत, भाषागत र प्रादेशिकतर्फ गरेर गायक, गायिका, संगीतकार, एरेन्ज, भिडियोलगायत करिव तीन दर्जन बढी विधा अवार्डमा समेटिएको छ । 
‘नेपालको शान, गीतसंगीत राष्ट्रको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना हुन लागेको अवार्डमा वर्ष २०७६, ०७७ चैत्र मसान्तसम्म बजारमा आएका जुनैपनि गीत संगीतले सहभागिता जनाउन सक्नेछन् ।

नयाँ वर्षको असारमा एक भव्य कार्यक्रम सहित बितरण हुने अवार्डमा समारोहमा लामो समय गीत संगीतमा बिताएका स्रष्टा तथा रंग पत्रकारलाई नगद सहित सम्मान गरिनेछ ।

अवार्डको जुरी तथा उत्कृष्ट ५ मनोनयन सूची जेठमा सार्वजनिक गरिने आयोजक युथ ग्रुप नेपाल अध्यक्ष अशोक क्षेत्रीले जानकारी दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप