बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

‘म्युजिक भिडियो’ अवार्डमा बाँस्कोटा र पोखरेललाई सम्मान

सोमबार, २४ फागुन २०७७, १२ : ४१
सोमबार, २४ फागुन २०७७

काठमाडौँ । विशिष्ट संगीतकार शम्भुजित बाँस्कोटालाई ‘फादर अफ म्यूजिक भिडियो’ सम्मान दिइने भएको छ । सदिक्षा फिल्मस्ले हङकङमा आयोजना गर्न लागेको अवार्ड ‘म्युजिक भिडियो’मा बाँस्कोटालाई यो सम्मान दिन लागेको हो ।
बाँस्कोटा नेपाल निर्माण भएको पहिलो म्युजिक भिडियोका निर्देशक हुन् । सोही कारणले पनि उनलाई यो सम्मान दिन लागिएको हो । 
कार्यक्रममा गायक सीताराम पोखेललाई ‘ट्रेन्ड सेटर्स अवार्ड’ प्रदान गरिँदैछ । लामो समयदेखि गायन र अभिनयमा क्रियासिल पोखरेलले म्युजिक भिडियोमा नयाँ ट्रेन सेट गर्न सफल भएको आयोजकको भनाइ छ । 
४१ विधाका बाँडिने ‘म्युजिक भिडियो’ अवार्ड केही महिनापछि हङकङमा आयोजना हुने आयोजक सदिक्षा फिल्मस्का मनोज केसीले जानकारी दिए । अवार्डको उत्कृष्ट ५ मनोनयन सुची केही दिन अगाडि सार्वजनिक भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप