कविता : तिम्रो मर्मको रक्षार्थ

-सत्य पहाडी
तिम्रो सम्झनालाई शक्ति बनाएर
वीरताको इतिहास रक्षार्थ
दृढताका मुठी उचालेर
न्याय र समानताको लागि
लडिरहेका छौं अहोरात्र
तिम्रो प्रेरणाको पटुकी कसेर
निरंकुशताको बिरुद्ध बन्दुक बोकेर
तानाशाहलाई घोडाबाट खसालेकै हो
संसार हल्लाउने गरी
आकाश धर्ती थर्काउने गरी
रक्त स्नान गर्दै
एउटा अर्को
अभूतपूर्व इतिहास सृजेकै हो
साछी छन सगरमाथाको देशमा
शहिदहरुका शहासिक कथाहरु
नपत्याए बन्दुक संगै बच्चा बोक्ने
वीरंगनाहरुलाई सोधे हुन्छ
जिउँदा इतिहासहरु
हजारौं घाइतेहरुलाई सोधे हुन्छ
आफ्ना र आफन्त गुमाउनेहरूलाई
सोधे हुन्छ
सोधे हुन्छ
क्रान्तिका राता सिपाहीहरुलाई
अभेद्य फलामे किल्लाहरूलाई
हो अत्याचारको जालो च्यातेकै हो
मात्र तिम्रो सम्झना लाई उर्जा बनाएर
अर्को इतिहास सृजिएकै हो
तर एक दिन मात्र
तिम्रो नामको सम्झनामा
कदापि आत्मरति गरेर
अरु जस्तै बस्न सक्दैनौ हामी
ईतिहासका हत्याराहरू को
देखासिकी बन्न पनि
तिमी सक्छौ कसरी ?
आज भोली
ठेला उठेका हातहरूका
आत्महरु दुखाउँदै
उत्पीडकहरु तिम्रो नाम को
मुठी उठाउँछन्
लज्जा लुकाएर
बेसरम हरु
तिम्रो नामको
व्यपार गरिरहेका छन्
ब्यानरका अक्षरहरूलाई
आलिसान होटेलरुमा
बौद्धिक विलासिताको विज्ञापन
बनाइरहेका छन त
तिथि र मितिमा मात्र
तिम्रो याद गर्न सक्दैनौ हामी
हर पल तिम्रो मर्मको रक्षार्थ
हर दिन तिम्रो सन्देशमा संकल्पित हुँदै
असमानताको पर्खाल फोड्न
अत्याचार का सांग्ला तोड्दै
क्रान्ति को हँसिया र हठौडा
उठाइरहेछौं !
तिम्रो भावनालाई समृद्ध गर्न
निरन्तर निरन्तर
लडिरहेछौँ !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै वडामा आफ्नै भवन बनाउने अभियानमा नेपालगञ्ज उपमहानगरपालिका
-
ला लिगा फुटबलमा इस्पानियोल विजयी
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता