किन भयो विप्लव र रेखा थापाबीच भेट ?

काठमाडौँ । नेपाली फिल्मकी चर्चित अभिनेत्री रेखा थापाले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेट गरेकी छन् । उनले समाजिक संजाल फेसबुकमा भेटको एक तस्विर सार्वजनिक गर्दै भेटको बारेमा जानकारी दिएकी हुन् ।
केही दिन अगाडि सरकारसँग वार्ता र सम्झौता गर्दै शान्तिपूर्ण राजनीतिमा आएका ‘विप्लव’ र रेखाबीच किन भेट भयो भन्नेबारे चासो हुनु स्वाभाविक हो । उसो त सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएपछि रेखाले विरोध समेत गरेकी थिइन् ।
यहीबीचमा उनको भेटवार्तालाई लिएर विभिन्न आकलन र टिकाटिप्पणी भइरहेको बेला रेखाले ‘विप्लव’सँगको आफ्नो भेटलाई राजनीतिक रुपमा नहर्ने आग्रह गरेकी छन् । ‘‘विप्लव’सँग मेरो भेट एउटा कलाकार र राजनीतिक नेता बीचको भेट मात्र हो’ रेखाले भनिन् ‘भेटमा राजनीतिक भन्दा पनि ब्यक्तिगत र कला क्षेत्रको बारेमा हामीले कुरा गर्यौँ ।’ कलाकारका हिसावले सबैसँग आफ्नो भेटघाट हुने र गर्ने गरेको समेत रेखाले सुनाइन् ।
‘म एक राजनीतिक पार्टीको नेतृ हुनु अगाडि कलाकार र समाजसेवी पनि हुँ’ रेखाले थपिन् ‘सोही हिसावले ‘विप्लव’सँग भेटेकी हुँ ।’
‘विप्लव’ भूमिगत हुँदा आफूले प्रतिबन्धको विरोध गरेको भएकोले पनि त्यसप्रति धन्यवाद दिन आफूलाई ‘विप्लव’ले बोलाएकाले भेटेको रेखाले बताइन् ।
फिल्म निर्माण र अभिनयमा क्रियाशीलताका अलवा रेखा राप्रपामा पनि आवद्ध छिन् ।
यसैबीच रेखा अहिले नयाँ फिल्म निर्माण तयारी छन् । फिल्मको वैशाखबाट सुटिङ तयारी भैरहेको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार वर्षपछि पोखरामा पिउने पानी पूरै शुद्ध बनाउन सकिन्छ
-
प्रिमियरमा ‘फेरि रेशम फिलिली’ : कसले के भने ?
-
महाशिवरात्रि : जीवनको सर्वोत्तम व्रत
-
पैसा तिरेर पानीसँगै रोग किनिरहेका छौँ
-
सूर्यविनायकमा पूजा गर्दै ‘माग्ने राजा’ को छायाङ्कन सुरु
-
नेतन्याहूले दक्षिणी सिरियालाई सैन्यमुक्त गर्ने सुझाव दिएपछि विरोध प्रदर्शन