ad
केन्द्रीय संस्करण

शेयर बजारमा प्रवेश गर्न चाहने महिलालाई नबिल इन्भेष्टमेण्टको छुट अफर

person explore access_timeफागुन २४, २०७७ chat_bubble_outline0

नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडले शेयर बजारमा प्रवेश गर्न चाहने महिला लगानीकर्ताहरुलाई लक्षित गरी आफुले लगानी व्यवस्थापन सेवा प्राप्त गरे वापत प्रथम वर्षको लागि लाग्ने बार्षिक शुल्क पूर्ण रुपमा छुट दिएको बताएको छ । नबिलले नारी दिवसको अवसर पारेर यो योजना ल्याएको हो भने योजना अंग्रेजी महिना मार्च अन्तिमसम्म रहने छ । 

शेयर बजारमा लगानी गर्न इच्छा रहेको तर शेयर बजारको बारेमा ज्ञान नभएका वा अन्य जो कोही महिला लगानीकर्ताहरूले यो सुबिधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 
विभिन्न व्यवसायमा रहेका व्यवसायिहरु तथा शेयर बजारको बारेमा विस्तृत विश्लेषण तथा अध्ययनको अभावका कारणले गर्दा लगानी गर्न नसकेका लगानीकर्ताहरुलाई यो सेवा प्रदान गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डबाट लाइसेन्स प्राप्त गरी शेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताहरुको लगानीको व्यवस्थापन गर्ने कार्यलाई लगानी व्यवस्थापन सेवा भनिन्छ । विगतका दिनहरुमा यस कम्पनीबाट लगानी व्यवस्थापन सेवा प्राप्त गरेका लगानीकर्ताहरूले राम्रो प्रतिफल प्राप्त गरेको कम्पनीले जनाएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.