शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘आँधी तुफान–२’मा साउथ फिल्मका भिलेन कनिज

सोमबार, २४ फागुन २०७७, ११ : ०१
सोमबार, २४ फागुन २०७७

काठमाडौं । फिल्म ‘आँधी तुफान–२’मा भिलेनको रुपमा कनिज कोइराला देखिने भएका छन् । साउथ सुपरस्टार प्रभासको फिल्म ‘साहो’मा भिलेनको रुपमा देखिएका कनिजसँग ‘आँधी तुफान–२’ अभिनयका लागि एग्रिमेन्ट भइसकेको फिल्मका निर्माता मौनता श्रेष्ठले बताए । श्रेष्ठले ‘आँधी तुफान–२’ अभिनयका लागि केही समयपछि कनिज नेपाल आउन लागेको समेत जानकारी दिए ।

कनिज अहिले भारतको हैदराबादमा छन् । त्यहाँ उनले प्रभासको नयाँ फिल्म ‘आधीमानव’ अभिनय गरिरहेको बताइएको छ । ‘आधीमानव’पछि उनको हातमा केही साउथ फिल्म छन् । तर उनले ति फिल्म ‘आँधी तुफान–२’ पछि अभिनय गर्ने बताइएको छ । 

‘आँधी तुफान–२’मा भिलेन नयाँ रुपमा पस्कने उद्देश्यले कनिजलाई लिईएको हो । कनिज हेर्दैमा भिलेन लुक्स परेका छन् । 

नेपाली फिल्मका सफल लेखक समेत रहेका मौनता श्रेष्ठको निर्माण तथा लेखन रहने फिल्म केही दिन अगाडि राजधानीमा एक कार्यक्रममाबीच घोषणा भएको थियो । फिल्मलाई मदन घिमिरेले निर्देशन गर्न लागेका हुन् ।

२०६३ सालमा बनेको हिट फिल्म ‘आँधी तुफान’को सिक्वेलको रुपमा बन्न लागेको यो फिल्म महिला कलाकारको एक्सनले भरिएको हुनेछ ।

फिल्ममा कनिजका अलवा आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, ध्रुर्व कोईराल,संजय खतिवडा, पुस्कर राउत, सिवन लामा, राजाराम गौतम, गोकुल सवेदी, पुनम गौतम, सान, अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, बिन्दीया ठकुरी, रमेश तामाङ र बालकलाकार अरुण कालीराजलगायतको अभिनय रहनेछ । 

थ्रिलर र सस्पेन्स बिषय समेत बताइएको फिल्ममा चैत्रको पहिलो साताबाट छायाँकनका लागि फ्लोरमा निस्कनेछ ।
 
फिल्ममा रामशरण उप्रेतीको छायाँकन, पैृम चुल्ठेको एक्सन, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिनेश सुवेदीका गीत, रानी शाक्यको स्वर, कमल राईको नृत्य रहने फिल्मका निर्माण नियन्त्रक नारयण चालिसे हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप