बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कृषि हाटबजारमा सन‍्‍राइज बैंकको क्यूआर कोडबाट भुक्तानी सुरुवात

सोमबार, २४ फागुन २०७७, १० : ३५
सोमबार, २४ फागुन २०७७

काठमाडौं ।  सन‍्‍राइज बैंकले त्रिनगर कृषि हाट बजार धनगढी कैलालीमा क्यूआर कोडबाट भुक्तानी कार्यको सुरुवात गरेको छ । उक्त कार्यक्रममा धनगढी उप–महानगरपालिकाका मेयर निर्प बहादुर वड , सन‍्‍राइज बैंकका सुदूरपश्चिम प्रदेशका प्रमुख सुरेन्द्र बहादुर शाही, त्रिनगर कृषि हाट बजार ब्यबस्थापन समिती धनगढीका अध्यक्ष भवानी सिं चैसिर, सृजनशील सामाजका कोषाध्यक्ष गणेश बि.क. र शाखा प्रबन्धक धर्म कुमार बिष्ट बैंकका अन्य पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।  

सन‍्‍राइज बैंकले प्रदान गरेको क्युआर कोड प्रणालीलाई शुभारम्भ गर्दै मेयर वडले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई सरल, सजिलो र सर्वसाधारणको पहुँचसम्म पु¥याउन धनगढी उप–महानगरपालिकाले अभियान शुरु गरेको र यसको लागि बैंक वित्तीय संस्थाहरुले अग्रसरता देखाएको हुँदा सबैले सहयोग गर्नु पर्ने बताए ।  डिजिटलबाट भुक्तानी गर्दा सुरक्षित तथा सजिलो हुने हुँदा यो प्रणाली सबैलाई फाइदाजनक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा सन‍्‍राइज बैंकका सुदूरपश्चिम प्रदेशका प्रमुख सुरेन्द्र बहादुर शाहीले डिजिटल भुक्तानी प्रणालीमा सन‍्‍राइज बैंकले सबैक्षेत्रकास–साना तरकारी पसल, फलफुल पसल, किराना पसलहरु देखि लोकल बसहरुसम्म पनि क्युआरकोड लागु गर्दै यस क्षेत्रमा नगद रहित कारोबारलाई बढाउँदै लगिरहेको बताए । 
 हाट बजार ब्यबस्थापन समिती धनगढीका भवानी सिं चैसिरले अब त्रिनगर कृषी हाट बजारमा तरकारी तथा फलफूल खरिद बिक्रि गर्न आउने व्यक्तिहरुले स(साना कारोबारमा समेत डिजिटल बैंकिङ्ग मार्फत सुरक्षित कारोबार गर्न सक्ने बताए । 
नेपालमा डिजिटल बैंकिङ्ग सर्वसाधारणको पहुँचसम्म पु¥याउने उद्धेश्यका साथ सन‍्‍राइज बैंकले डिजिटल बैंकिङ्ग अन्तर्गत विभिन्न सेवा सुबिधा प्रदान गदै आएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप