शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बन्जेमाको गोलमा रोकियो एथ्लेटिको

सोमबार, २४ फागुन २०७७, ०९ : ५१
सोमबार, २४ फागुन २०७७

करिम बेन्जेमाले खेलको अन्त्यतिर गोल गर्दा रियल म्याड्रिडले शीर्ष स्थानमा रहेको एथ्लेटिको म्याड्रिडलाई बराबरीमा रोक्न सफल भएको छ ।

खेलको १५ औँ मिनेटमा एथ्लेटिको म्याड्रिडलाई लुइस सुवारेजले अग्रता दिलाएपछि टोली जीततर्फ अग्रसर बन्दै शीर्ष स्थानमा ५ अंकको अग्रता बनाउने क्रममा थियो । तर, निर्धारित समयको खेल सकिन २ मिनेट बाँकी छँदा बेन्जेमाले बराबरी गोल गर्दै एथ्लेटिको अग्रता ३ अंकमा सिमित गरे ।

त्यसअघि बेन्जेमाका कयौँ प्रहारलाई एथ्लेटिकोका गोलकिपर जान ओब्लाकले विफल बनाएका थिए । उता, रियलका गोलपिकर थियाबट कोर्टवाले याकिन कारास्को र सुवारेजका थुप्रै प्रहारलाई रोकेका थिए ।

बराबरीपछि एथ्लेटिको दोस्रो स्थानमा रहेको बार्सिलोनाभन्दा ३ तथा तेस्रो स्थानमा रहेको रियलभन्दा ५ अंकले अघि रहेको छ । यदपि, टोलीले एक खेल कम खेलेको छ ।

अन्य खेलमा एथ्लेटिक बिल्बाओले ग्रानाडालाई २–१ ले पराजित गर्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप