मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रचण्ड-नेपाल पक्षको स्थायी कमिटीको बैठक ३ बजे बस्ने

सोमबार, २४ फागुन २०७७, ०९ : १६
सोमबार, २४ फागुन २०७७

 

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’माधव नेपाल पक्षको स्थायी कमिटीको बैठक बस्दै छ । पार्टी कार्यालय पेरिसडाँडामा बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटीको बैठकको समय सरेर ३ बजे बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘सर्वोच्च अदालतको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बारेमा गरेको फैसलाको समग्र पक्ष र हाम्रो नीतिका सम्बन्धमा पार्टी कार्यालय पेरिसडाँडामा बस्ने स्थायी कमिटीको बैठकबाट निर्णय लिइनेछ ।’

सर्वोच्च अदालतले आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता नै खारेज गरी एकीकरण अघिका एमाले र माओवादी केन्द्रलाई ब्यूँताउने आदेश दिएको छ ।

ऋषि कट्टेल नेतृत्वको नेकपालाई  आधिकारिकता दिएपछि एमाले र माओवादी केन्द्रबीचको एकीकरण संकटमा परेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप