बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

हराएको मोटरसाइकल सवारी धनीलाई

सोमबार, २४ फागुन २०७७, ०८ : २८
सोमबार, २४ फागुन २०७७

हराएका मोटरसाइकल खोजी गरी प्रहरीले सम्बन्धित धनीलाई बुझाएको छ । 

जिल्ला प्रहरी कार्यालयको मकवानपुरको टोलीले पाँचथरबाट हेटौँडामा लोकसेवा परीक्षा दिन आएका प्रकाशचन्द्र बस्नेतको हराएको मोटरसाइकल फेला पारी उनलाई बुझाएको हो । 

फागुन २० गते हेटौँडा–५ पिप्लेबाट को१प १७९ नंको मोटरसाइकल हराएको थियो । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बस्नेतले दिएको निवेदनका आधारमा खोजी गर्दा हेटौँडा–१० स्थित भुटनदेवीबाट सो मोटरसाइकल फेला पारेको मकवानपुर प्रहरीले जनाएको छ ।

फेला पारेको मोटरसाइकल सवारी धनी बस्नेतलाई आइतबार बुझाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका सूचना अधिकारी प्रहरी निरीक्षक अमरप्रसाद गजमेरले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप