थोत्रा टायर र ट्युबको पनि अभावः एक इन्धन उद्योग बन्द, अर्को पनि सङ्कटमा
फालिएका थोत्रा टायर तथा ट्युबको भारत तस्करी हुँदा फर्नेस आयल उत्पादन गर्ने उद्योग कच्चा पदार्थको अभावमा सङ्कटमा परेका छन् ।
रुपन्देहीमा रहेका दुईवटा उद्योगमध्ये एउटा पूर्ण रूपमा बन्द भएको छ भने अर्को बन्द हुने अवस्थामा पुगेको छ । जिल्लाको करवानीमा रहेको स्पिड इनर्जी इन्डस्ट्रिज प्रालि कच्चा पदार्थको अभावले बन्द हुने अवस्थामा पुगेको हो ।
सिक्टहनमा रहेको बाबा इनर्जी उद्योग भने गत फागुनदेखि बन्द छ । “भारत तस्करी नहुने हो भने यहीँ उपलब्ध हुने थोत्रा टायरले उद्योगका लागि आवश्यक कच्चा पदार्थको माग पूरा गर्छ ।
तरकरी नियन्त्रण हुन नसक्दा स्वदेशी उद्योग बन्द हुने अवस्थामा पुगेको छ,” स्पिड इनर्जी उद्योगका प्रबन्ध सञ्चालक अजयमान श्रेष्ठले भने । २०७२ सालदेखि सञ्चालनमा आएको उद्योगको क्षमता दैनिक १० हजार लिटर तेल उत्पादन गर्ने रहे पनि अहिले भने चार हजार लिटरको हाराहारीमा मात्रै उत्पादन भइरहेको उद्योगी श्रेष्ठले बताए ।
यो उद्योगले काम नलाग्ने टायर, ट्युबजस्ता रबरलाई कच्चा पदार्थका रूपमा प्रयोग गरी पायरोलाइसिस प्रक्रियाद्वारा विभिन्न उद्योगले इन्धनका रूपमा प्रयोग गर्ने फर्नेस आयल उत्पादन गर्ने गर्छ । त्यस्तै कोइलाको प्रतिस्थापनका रूपमा प्रयोग हुने कार्बन र स्टिल वायरजस्ता औद्योगिक वस्तु उद्योगबाट उत्पादन हुन्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ