शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

एसईईका विद्यार्थीले पूरै पाठ्यक्रम पढ्नुपर्ने

सोमबार, २४ फागुन २०७७, ०६ : ४४
सोमबार, २४ फागुन २०७७

काठमाडौँ ।  आगामी  जेठमा  सञ्चालन  हुने  माध्यमिक  शिक्षा  परीक्षा  (एसईई)को  तयारीमा  जुटेका  विद्यार्थीले  तोकिएअनुसारको  पूरै  पाठ्यक्रम  अध्ययन  गर्नुपर्ने  भएको  छ  ।  

पूर्वनिर्धारित पाठ्यक्रममा कुनै पनि सङ्क्षेपीकरण  नगरिएको  र  पूरै  पाठ्यक्रम अध्ययन गरी विद्यार्थीले परीक्षाको  तयारी  गर्नुपर्ने  जानकारी  सम्बद्ध अधिकारीले दिएका छन् । 

राष्ट्रिय  परीक्षा  बोर्डका  एसईईतर्फका  परीक्षा  नियन्त्रक  रामराज खकुरेलले विद्यार्थीले कक्षा १० मा अध्ययन गर्नुपर्ने भनी तय गरिएको पाठ्यक्रममा सङ्क्षेपीकरण नगरिएको  र  पूरै  पाठ्यक्रमबाट  प्रश्नसमेत  आउने  जानकारी  दिए ।

उनले  भने,  “हामीले पढाउने कुराको सहजताका लागि  कुन  विद्यार्थी  स्वअध्ययन  गर्ने र कुन शिक्षकले पढाउने भन्ने हिसाबले सङ्क्षेपीकरण गरिएको हो, परीक्षाका लागि होइन ।” विद्यार्थीले सबै  पाठ्यक्रमबाट  प्रश्नपत्र  आउन  सक्छ  भन्ने  हिसाबले  परीक्षाको  तयारी  अघि  बढाउनुपर्ने  उनले बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप