साउदी नेतृत्वको गठबन्धनद्वारा यमनमा हवाई आक्रमण
एजेन्सी । यमनको राजधानी सानास्थित विद्रोही नियन्त्रित क्षेत्रहरूमा साउदी अरब नेतृत्वको गठबन्धन सेनाले आइतबार हवाई आक्रमण गरेको स्थानीयले बताएका छन् । गठबन्धन सेनाले सानास्थित विद्रोहीको पहिलो डिभिजन क्याम्प, मेन्टेनेन्स क्याम्प र चौंथो ब्रिगेड र राजधानीको दक्षिणी क्षेत्र अट्टानमा व्यापक हवाई आक्रमण गरेको स्थानीयहरूले बताएका हुन् । आक्रमणबाट भएका क्षतिका विवरणहरू प्राप्त भइनसकेको अरब क्षेत्रका प्रमुख टेलिभिजनहरूले बताएका छन् ।
इरानको निकट मानिने यमनी हुथी विद्रोहीले साउदी सहरहरूलाई लक्षित गरी आक्रमण बढाएपछि साउदी नेतृत्वले सानामा आक्रमण गरेको बताइएको छ । यमनमा सन् २०१४ पछि चलेको गृहयुद्धका कारण यमनमा पछिल्ला केही वर्षहरूमा सरकार र विद्रोही पक्षबीच परस्पर ठूला आक्रमणहरू हुने गरेका छन् । यमनी हुथी समूह इरानको सहयोगमा अन्तर्राष्ट्रिय समुदायबाट मान्यता प्राप्त राष्ट्रपति अब्द रब्बु मन्सुर हाडीको सरकारी संयन्त्रविरूद्ध सङ्घर्षरत छ ।
हुथी विद्रोहीले राजधानी साना लगायतका अन्य धेरै क्षेत्र आफ्नो कब्जामा लिएपछि साउदी अरब नेतृत्वको अरब गठबन्धनले सन् २०१५ देखि राष्ट्रपति हाडीको सरकारलाई सहयोग पुर्याउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा