धनुषाको औरही गाउँपालिकामा ज्येष्ठ नागरिकद्वारा तालाबन्दी
जनकपुर । धनुषाको औरही गाउँपालिकामा ज्येष्ठ नागरिकहरुले तालाबन्दी गरेका छन् । ज्येष्ठ नागरिकहरूले ८ महिनादेखि समाजिक भत्ता वापतको रकम माग गर्दै गाउँपालिकामा तालाबन्दी गरेका हुन् । उनीहरुले साउन महिनादेखि हालसम्मको सामाजिक सुरक्षा भत्ता गाउँपालिकाले उपलब्ध नगराएको भन्दै तालाबन्दी गरेको स्थानीय राजेन्द्र मेहताले जानकारी दिए ।
गाउँपालिकाको कार्यालयमा थुप्रै पटक अध्यक्षदेखि कर्मचारीहरुलाई समेत गुनासो गर्दा वास्ता नगरेपछि तालाबन्दी गर्नुपरेको ज्येष्ठ नागरिक जयकृष्ण साहले बताए । उनले खाता सञ्चालनमा समस्या रहेको भन्दै अध्यक्ष ब्रह्मदेव यादव र कार्यालय प्रमुखले फिर्ता पठाउने गरेको गुनासो गरे ।
गाउँपालिकामा रहेका १ सय ५० जना ज्येष्ठ नागरिकले ८ महिनादेखि सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । गाउँपालिकाका अध्यक्ष ब्रह्मदेव यादवले कर्मचारीको समस्याले गर्दा ज्येष्ठ नागरिकको भत्ता मात्रै नभई दशैँ यतादेखि सम्पूर्ण आर्थिक कारोबार नै ठप्प भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गर्मीमा चिसो पानी पिउनु स्वास्थ्यका लागि हानिकारक छ ?
-
क्रोएसियामा राजदूतावास स्थापनाको माग गर्दै परराष्ट्रमन्त्रीलाई ज्ञापन पत्र
-
एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ
-
तस्बिरमा हेर्नुहोस् पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोह
-
फ्राईडे रिलिज : फिल्म हलमा केकी अधिकारीको ‘बोक्सीको घर’
-
रङ्गियो काठमाडौँ, ज्याकाराण्डा ढकमक्क (तस्बिरहरु)