शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जसपा अध्यक्ष यादवको प्रश्न : दुनियाँमा संविधान विपरीत अध्यादेश संसदमा कहीँ प्रस्तुत हुन्छ  ?

आइतबार, २३ फागुन २०७७, २१ : ५४
आइतबार, २३ फागुन २०७७

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संविधानवाद, लोकतन्त्र, लोकतान्त्रिक मुल्य र मान्यतालाई नै समाप्त पार्ने कार्य भएकाले त्यसको विरोध भएको प्रतिक्रिया दिएका छन् ।

संविधान र लोकतन्त्रप्रति विश्वास राख्नेहरूले त्यसको मर्यादा जोगाउनका लागि पनि यस्ता असंवैधानिक कार्यको विरोध गर्नु जरुरी रहेको बताए । प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, 'संविधानको विपरित अध्यादेश ल्याइयो । संविधान विपरित अध्यादेश कहीँ प्रस्तुत हुन्छ दुनियाँमा ?'

आज संसदमा उत्पन्न परिस्थितिको दोषी सरकार नै भएको उनको भनाइ छ  । प्रधानमन्त्रीले असंवैधानिक काम गरेको भनेर सर्वोच्चले ठहर गरिसकेको उनले बताए ।

'जुन प्रधानमन्त्रीलाई असंवैधानिक कार्य गर्यो भनेर सर्वोच्चले ठहर गरिसकेपछि राजनैतिक कल्चर र नैतिकताले पनि त्यो व्यक्ति प्रधानमन्त्रीको रुपमा, सरकार प्रमुखको रुपमा, कार्यकारी प्रमुखको रुपमा रहिरहन नैतिकताले कसरी दिन्छ ?, ' उनको प्रश्न छ ।

यस्ता प्रश्न संसदमा उठ्ने यादवले बताए । यस्ता प्रश्नहरु, सवालहरू संसदमा नउठ्ने हो भने कहाँ उठ्ने ? असंवैधानिक काम गरेको ठहर भइसकेपछि प्रधानमन्त्री कुन नैतिकताले बस्ने ? उनको प्रश्न छ ,

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप