शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१०० वर्षका छविलालले लगाए कोरोनाविरुद्धको खोप

आइतबार, २३ फागुन २०७७, २१ : २५
आइतबार, २३ फागुन २०७७

हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा ६५ वर्षभन्दा माथि उमेर समूहका ज्येष्ठ नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउने कार्य सुरु गरिएको छ ।

गाउँपालिकाको वडा नम्वर–४ निवासी १०० वर्षीय ज्येष्ठ नागरिक छविलाल लामिछानेलाई खोप लगाएर अभियान सुरु गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक ध्रुव लामिछानेले जानकारी दिए ।

संयोजक लामिछानेका अनुसार कोभिड–१९ अस्थायी अस्पताल मक्राञ्चुलीमा हालसम्म ६५ वर्षमाथि उमेर समूहका वडा नम्वर ३ र ४ का ३० जना ज्येष्ठ नागरिकले खोप लगाइसकेका छन् । आउँदो चैत २ गतेसम्म ज्येष्ठ नागरिकलाई खोप लगाउने कार्यक्रम रहेको गाउँपालिकाले जनाएको छ ।

मकवानपुरगढी गाउँपालिकाका ५३ जनामा हालसम्म कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने उनीहरु सबै संक्रमणमुक्त भइसकेका छन् ।

पालिकाभित्रका र अन्य व्यक्तिलाई कोरोनासँगै अन्य रोग लाग्न नदिनको लागि स्वास्थ्य सेवाको पहुँच नागरिकस्तरमा वृद्धि गरिएको र स्वास्थ्य सामग्रीसमेत वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनीले रातोपाटी समक्ष बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप