सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय

सरकारले ३० जिल्लामा राहत वितरणको काम थाल्यो, कुन जिल्लामा कति राहत ?

आइतबार, २२ असोज २०७४, १४ : २८
आइतबार, २२ असोज २०७४

काठमाडौं– सरकारले बाढी–पहिरोबाट कृषि क्षेत्रमा क्षति भएका पीडितलाई राहत वितरणको काम सुरु गरेको छ ।
 

आजदेखि बाढी, पहिरो र डुवानबाट प्रभावित ३० जिल्लामा राहत पठाउने काम सुरु गरिएको कृषि मन्त्रालयका वरिष्ठ अर्थ विज्ञ मणीरत्न अर्यालले  जानकारी दिए । उनका अनुसार कृषि विभागबाट भोलि सम्ममा प्रभावित जिल्लामा राहत पठाउने काम सकिने छ । 

अर्थ मन्त्रालयले कृषि क्षेत्रमा क्षति भएका कृषकहरुको लागि १ अर्ब २५ करोड ५६ लाख ६० हजार रकम विनियोजन गरेको छ । साे रकम कृषि विभागबाट प्रत्येक जिल्ला कृषि विभाग कार्यालयमा पठाइने छ । कृषकको क्षतिको विवरण हेरेर मात्रै जिल्ला कृषि विकास कार्यालयले कृषकलाई राहत वितरण गर्ने अर्यालले बताए ।    
सरकारले धनुषाको कृषि क्षेत्रमा सबै भन्दा धेरै क्षति भएको भन्दै राहत पनि सबै भन्दा धेरै रकम विनियोजन गरेको छ । धनुषामा १६ करोड ३२ लाख ५२ हजार बजेट विनियोजन गरिएको छ । बाग्लुङ १८ लाख ४६ हजार ,बैतडी १७ लाख ५० हजार,बाँके ३ करोड ७४ लाख ६५ हजार,बारा ६ करोड ३७ लाख,बर्दिया ६ करोड १ लाख ३९ हजार,चितवन १ करोड ५० लाख ८९ हजार,दाङ १ करोड ६८ लाख २२ हजार,दार्चुला २३ लाख ७१ हजार र  डोटीमा २५ लाख राहात रकम विनियोजन गरिएको छ ।

यस्तै गुल्मीमा ५८ लाख ८७ हजार,झापा १२ करोड १५ लाख १४ हजार,कैलाली २ करोड ५८ लाख ६० हजार,कास्की १९ लाख ८३ हजार,ललितपुर १ करोड १९ लाख २२ हजार,महोत्तरी १२ करोड ७९ लाख ३४ हजार,मोरङ ५ करोड ४२ लाख ५३ हजार,नवलपरासी १ करोड ६ लाख १८ हजार,पर्शा १ करोड १० लाख ५५ हजार,रामेछाप ५७ लाख ६१ हजार,रसुवा १ करोड ८५ लाख ८ हजार, रौतहट ११ करोड ४० लाख ४२ हजार,रुपन्देही ८५ लाख ३४ हजार,सप्तरी ६ करोड६ लाख ३० हजार,सर्लाही १० करोड २५ लाख ६३ हजार,सिराहा ६ करोड २६ लाख ११ हजार रकम विनियोजना गरिएको  कृषि विभाग अन्तर्गतको योजना शाखाका प्रमुख विष्णुकान्त सेडाईले जानकारी दिए । 

यस्तै सुनसुरी ५ करोड ४६ लाख ७५ हजार, तनहुँ १ करोड ६ लाख ८७ हजार,बझाङ २९ लाख ५१ हजार र कविलबस्तु जिल्लामा १ करोड ७० लाख ६१ हजार विनियोजन गरिएको पनि उनले बताए ।

कृषि विभागको दैवि प्रकोप राहात तथा व्यवस्थापन शाखाका शिव सुन्दर घिमिरेको अनुसार कृषि क्षेत्रमा ५ अर्ब ८४ करोड ८९ लाखको क्षति भएको छ । बाढी पहिरो र डुवानको कारण सबै भन्दा धेरै धानबालीमा क्षति भएको छ ।

 २५ हजार ६ सय ३२ हेक्टर खेती योग्य जमिनमा लगाईयो धाँन बाली नोक्सान भएको छ । यस्तै तरकारीमा ७ हजार १ सय ६० हेक्टर,मकै २ हजार ५ सय ६७ हेक्टर माछा २ हजार ५ सय ८२ दलहन १ हजार ७ सय १९ हेक्टर,केरा ३ सय १४ हेक्टर र तेलहल १ सय ५५ हेक्टर, वेसार २ सय १० हेक्टर गरी जम्मा ४० हजार ३ सय ३९ हेक्टर जमिनमा लगाईएको अन्न तथा बालीको क्षति भएको छ । 
 

प्रभावित जिल्लाका यस्ता छन् कार्यक्रम 
प्रभावित जिल्लाको भूगोलको अवस्था हेरेर कृषि क्षेत्रमा प्रभावित जिल्लाहरुमा कार्यक्रम संचालन गरिनेछ । राहात कार्यक्रम मार्फत कृषि क्षेत्रमा धान बीउ ,फलफूल विरुवा,तरकारी बीउ वितरण गरिने छ । यस्तै विभागले दिएको जानकारी अनुसार राहात कार्यक्रममा आकस्मिक बाली संरक्षण कार्यक्रम,पुरिएको खेत सुधार,प्राङ्गारिक मल वितरण,मत्स्य पोखरीको लागि चुन वितरण,बजार खेतीको लागि पम्प सेट वितरण गरिनेछ ।
 

कार्यक्रममा दलहन बीउ वितरण मत्स्य भुरा वितरण ,मत्स्य पोखरी मर्मत तथा संभार,गहुँको बीउ वितरण र प्लाण्ट क्लिनिक संचालनका विभिन्न कार्यक्रमहरु रहेका छन् । 


   
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अञ्जु तामाङ
अञ्जु तामाङ

 तामाङ रातोपाटीका लागि स्वास्थ्यसँग सम्बन्धित समाचार लेख्छिन् ।

लेखकबाट थप