राजनीति २०७५ जेठ ३ गते अगाडिको अवस्थामा पुग्योः प्रदीप ज्ञवाली
काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसलाका विषयमा पार्टीभित्र छलफल गरेर निष्कर्षमा पुगिने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा मन्त्री ज्ञवालीले सो कुरा बताएका हुन् । ‘सर्वोच्च अदालतले २०७५ जेठ ३ गते अघिकै पार्टीलाई मान्यता दिएको छ । सो फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई नै मान्यता दिएको छ । सर्वोच्चले दुईवटा दलको अस्तित्वलाई स्वीकार गरेको छ । यो विषयमा हामी छलफल गरेर निष्कर्षमा पुग्छौं’ नेकपा केपी ओली पक्षका नेता समेत रहेका ज्ञवालीले भने ।
सर्वोच्चले पार्टी एकता गर्ने हो भने राजनीतिक दलसम्बन्धी ऐनको प्रक्रिया पुरा गरेर आउनु भनेकोले त्यसका लागि समेत छलफल गर्ने ज्ञवालीले बताए । उनले पार्टी एकता गर्दाको आधार बलियो नभएको समेत सर्वोच्चको फैसलाले पुष्टि गरेको बताए । ‘ अब वैज्ञानिक, वस्तुगत र सही आधारहरू पहिल्याएर एकताका लागि पहल गर्छौं’ उनले भने ।
आइतबार सर्वाेच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेल नेतृत्वको नेकपालाई दिएको छ भने केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपालाई खारेज गरिदिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्ष-२०८२ को अवसरमा राजा ज्ञानेन्द्र शाहद्वारा व्यक्त शुभकामना सन्देशको पूर्णपाठ
-
सल्यानमा चट्याङ लागेर बालिकाको मृत्यु
-
निलम्बित न्यायाधीश भुवन गिरीले पाए सफाइ
-
पुनरुत्थानवादीलाई मसानघाटमा पुर्याउन पछि पर्दैनौँ : लक्ष्मण पन्त
-
एमआरपी मूल्य उल्लेख नगरि वस्तु बिक्री गर्ने पसललाई दुई लाख जरिवाना
-
मौसमको चुनौती उछिन्दै गोकर्णेश्वरमा गुञ्जियो नेपथ्य