शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राजनीति २०७५ जेठ ३ गते अगाडिको अवस्थामा पुग्योः प्रदीप ज्ञवाली

आइतबार, २३ फागुन २०७७, १९ : १४
आइतबार, २३ फागुन २०७७

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वोच्च अदालतको फैसलाका विषयमा पार्टीभित्र छलफल गरेर निष्कर्षमा पुगिने बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा मन्त्री ज्ञवालीले सो कुरा बताएका हुन् । ‘सर्वोच्च अदालतले २०७५ जेठ ३ गते अघिकै पार्टीलाई मान्यता दिएको छ । सो फैसलाले नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई नै मान्यता दिएको छ । सर्वोच्चले दुईवटा दलको अस्तित्वलाई स्वीकार गरेको छ । यो विषयमा हामी छलफल गरेर निष्कर्षमा पुग्छौं’ नेकपा केपी ओली पक्षका नेता समेत रहेका ज्ञवालीले भने । 

सर्वोच्चले पार्टी एकता गर्ने हो भने राजनीतिक दलसम्बन्धी ऐनको प्रक्रिया पुरा गरेर आउनु भनेकोले त्यसका लागि समेत  छलफल गर्ने ज्ञवालीले बताए । उनले पार्टी एकता गर्दाको आधार बलियो नभएको समेत सर्वोच्चको फैसलाले पुष्टि गरेको बताए ।  ‘ अब वैज्ञानिक, वस्तुगत र  सही आधारहरू पहिल्याएर  एकताका लागि पहल गर्छौं’ उनले भने ।

आइतबार सर्वाेच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेल नेतृत्वको नेकपालाई दिएको छ भने केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपालाई खारेज गरिदिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप