ad
केन्द्रीय संस्करण
समाचार

प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित

person explore access_timeफागुन २३, २०७७ chat_bubble_outline0

काठमाडौं । प्रतिनिधिसभा बैठक फागुन २६ गते सम्मका लागि स्थगित गरिएको छ। आइतबार नेकपा प्रचण्ड र माधव पक्षको बहिष्कार र काँग्रेसको विरोध लगत्तै सूचना टाँस गरि फागुन २६ गते दिउँसो १ बजेको लागि बैठक बोलाइएको हो। 

बैठकमा कार्यसूचीमाथि असहमति जनाउँदै प्रचण्ड–माधव पक्षका सांसदहरूले बैठक बहिष्कार गरेका थिए।  बैठकमा प्रचण्ड माधव पक्षका सांसद भीम रावलले पहिलो बैठकमा कार्यसूचीमा भएको फेरबदलप्रति आपत्ति जनाएका थिए । रावलले कार्यसूची परिवर्तन गर्न माग गरेका छन् ।

रावल बोल्दा बोल्दै अर्का सांसद खगराज अधिकारीले रावलको नियमापत्ति प्रति असहमति जनाउदै सच्याउन सभामुखलाई आग्रह गरेका थिए । त्यस्तै बैठकमा काँग्रेस सांसदहरुले संवैधानिक परिषदसम्बन्धी अध्यादेश अस्वीकार गर्ने घोषणा गरेका छन् । काँग्रेस सांसद पुष्पा भुसालले काँग्रेसले संवैधानिक परिषद सम्बन्धी अध्यादेश स्वीकार नगर्ने बताएकी छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.