संसद्मा काँग्रेसको नाराबाजी, जसपाको साथ

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले गरेको संसद अवरुद्धमा विपक्षी दल जनता समाजवादी पार्टीले पनि साथ दिएको छ । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ताको माग गर्दै काँग्रेस रोष्टम घेराउमा उत्रिँदा जसपा पनि सँगै थियो ।
सरकारले ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता नलिए बैठक सुचारु हुन नदिने बताएको थियो । काँग्रेस सचेतक पुष्पा भुसालले अध्यादेश संविधान प्रतिकूल रहेको भन्दै आफ्नो पार्टीको विरोध रहेको बताइन् ।
त्यसपछि बोल्ने समय पाएका काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले अध्यादेश तुरुन्त फिर्ता गर्न माग गरे ।
तर सभामुख अग्निप्रसाद सापकोटाले कानुन न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठलाई अध्यादेश पेश गर्न अनुमति दिएपछि काँग्रेसले रोष्टम घेराउ गरेर नाराबाजी सुरु गरेको हो ।
काँग्रेस सांसदले नाराबाजी गरेपछि जसपाका सांसदहरुले पनि साथ दिएका थिए । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पेस गर्ने बैठकको कार्यसूची राखिएको भन्दै नेकपा प्रचण्ड नेपाल समूहका सांसदहरुले भने बैठक नै बहिष्कार गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलनबाट पढाइमा भएको क्षति हिउँदे वा वर्षे बिदाबाट आपूरण गर्न महासङ्घको आग्रह
-
पाकिस्तानद्वारा भारतविरुद्ध प्रत्याक्रमणको घोषणा
-
ठेकदार सांसद कान्छारामको लापर्बाही : दोस्रो म्याद पनि सकियो तर सकिएन १५ सडकको काम
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
बागमतीमा बहुवर्षे र स्रोत सुनिश्चितताबाट १३ अर्बभन्दा बढी दायित्व सिर्जना
-
सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न