शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ओली पक्षले बोलायो संसदीय दलको बैठक, १७३ सांसदलाई नै खबर गरियो

आइतबार, २३ फागुन २०७७, १८ : १३
आइतबार, २३ फागुन २०७७

नेकपा केपी ओली समूहले संसदीय दलको बैठक बोलाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा संसद बैठक सकिएलगत्तै बस्नेगरी संसदीय दलको बैठक बोलाइएको ओली पक्षका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । 
उनले सबै १७३ सांसदलाई नै बैठकमा सहभागी हुन खबर गरिएको बताए । 
नेकपाभित्र दुई समूह रहेको बेला सर्वोच्चले पूर्ववत् अवस्थामै एमाले र माओवादी केन्द्र कायम रहनेगरी आइतबारै फैसला गरेको थियो । ओलीले भने  नेकपा पार्टीकै हैसियतमा सबै सांसदलाई दलको बैठकमा बोलाएका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप