मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

अदालतको फैसला मान्छौँ, कार्यान्वयन गछौँः प्रधानमन्त्री ओली

आइतबार, २३ फागुन २०७७, १७ : ४५
आइतबार, २३ फागुन २०७७

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले अदालतको फैसला मान्ने बताएका छन् । नयाँ बानेश्वरस्थित संसद् भवनबाट बाहिरिने क्रममा नेकपाबारे सर्वोच्च अदालतले आज गरेको फैसलासँग सम्बन्धित रही सञ्चारकर्मीले राखेको जिज्ञासामा उनले सो फैसला कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

अपराह्न करीब ४ बजे संसद् भवन प्रवेश गरेका प्रधानमन्त्री ओली करिब आधा घण्टा बसेर फर्किएका थिए । अपरान्ह ४ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको अधिवेशन अहिलेसम्म शुरु भएको छैन ।  सर्वोच्च अदालतले आजै नेपाल कम्युनिष्ट पार्टी ऋषिराम कट्टेलले नेतृत्व गरेकै पार्टीको भएको तथा तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) अलग–अलग राजनीतिक दलका रुपमा साबिककै अवस्थामा कायम रहने फैसला गरिसकेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप