प्रचण्ड–नेपाल समूहद्वारा प्रतिनिधिसभा बैठक बहिस्कार
नेकपा प्रचण्ड–नेपाल समूहले प्रतिनिधिसभा बैठक बहिस्कार गरेको छ। सभामुख अग्नि प्रसाद सापकोटाले अध्यादेश लगायतका विषय बैठककाे कार्यसूची तय गरेपछि प्रचण्ड–नेपाल समूहले बैठक बहिस्कार गरेको हो ।
यसअघि बैठकमा बोल्दै सांसद भीम रावलले कार्यसूचीबाट अध्यादेशलगायतका विषय हटाइनुपर्ने माग गरेका थिए । सभामुखले यसअघि नै कार्यसूची तय भइसकेको भन्दै सो विषय हटाउन नसकिने जवाफ दिएपछि प्रचण्ड–नेपाल पक्षका सांसदले संसद बैठक बहिस्कार गरेको थियो ।
बैठकमा बोल्दै रावलले वर्तमान सरकार कुन पार्टीको हो भन्ने प्रश्न गरे । रावलले बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने सहमति भएको भन्दै बैठकलाई श्रद्धाञ्जलीसम्बन्धी कार्यसूचीमा सीमित राख्नुपर्ने तर्क गरेका थिए ।
उनले सर्वोच्च अदालतबाट आइतबार नेकपा विवादसम्बन्धी रिटमा ऋषि कट्टेलको पक्षमा फैसला गरेको तर्फ संकेत गर्दै ‘वर्तमान सरकार नेपाल कम्युनिस्ट पार्टी नेकपा होइन भने अहिलेका प्रधानमन्त्री कुन पार्टीको ?’ भनेर प्रश्नसमेत गरे ।
उनले भने, ‘प्रधानमन्त्री कुन पार्टीको हुनुहुन्छ, त्यसपछिमात्र ती अध्यादेशका बारेमा अघि बढ्नुपर्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपामा महाधिवेशनमा दैनिक ९ क्विन्टलसम्म मटन खपत
-
रातो किताब अध्ययन गर्न समय नपुगेपछि लुम्बिनी प्रदेश सभा बैठक स्थगित
-
गाउँमै सम्भावना खोज्दै बर्दियाका महिला
-
चन्द्रागिरिमा रेबिजका कारण एक पुरुषको मृत्यु
-
बागमतीको बजेटः आफ्नै मापदण्ड लत्याउँदै टुक्रे योजनाको ओइरो
-
विकल्प नदिई सडकपेटीबाट हटाएको भन्दै दृष्टिविहीनहरू आन्दोलित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण