कार्यसूची परिवर्तन गर्न रावलको मागमा खगराजको नियमापत्ति
आइतबार, २३ फागुन २०७७, १७ : ३४
काठमाडौं । आज सुरु भएको प्रतिनिधि सभाको सातौं बैठकमा सत्तापक्षका सांसदहरुले विभिन्न विषयमा नियमापत्ति जनाएका छन् । सत्तारुढ दलकै सांसदहरुले नियमापत्ति जनाएका हुन् । बैठक सुरु भएलगत्तै सांसद भीम रावलले पहिलो बैठकमा कार्यसूचीमा भएको फेरबदलप्रति आपत्ति जनाए ।
रावल बोल्दा बोल्दै अर्का सांसद खगराज अधिकारीले रावलको नियमापत्ति प्रति असहमति जनाउदै सच्याउन सभामुखलाई आग्रह गरे ।
सभामुख अग्नि सापकोटाले रावललाई तीन मिनेटको समय दिएपनि उनले समय सीमाभित्र सभामुखले आफ्नो कुरा छोट्याउन आग्रह गरेका थिए । रावलले कार्यसूची परिवर्तन गर्न माग गरेका छन् ।