शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

विवादित बन्यो मध्यपश्चिमाञ्चल विश्वविद्यालयको प्रवेश परीक्षाको नतिजा

आइतबार, २३ फागुन २०७७, १७ : ०६
आइतबार, २३ फागुन २०७७

सुर्खेत ।  मध्यपश्चिमाञ्चल विश्वविद्यालयले निकालेको प्रवेश परीक्षाको नतिजा निकालेको छ । आफू नजिकका ठानिने र पहुँच वालाहरुको फोनका आधारमा प्रवेश परीक्षामा सामेल भएका विद्यार्थीलाई मात्र उत्तीर्ण गराउँदा वीरेन्द्रनगर बाहिरबाट परीक्षा दिन आएका करिब १०० जना भन्दा बढी विद्यार्थीहरुको भविष्य अन्योलमा परेको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले सञ्चालन गरेको ‘स्कूल अफ ल’ मा कानून विषय अध्ययनका लागि प्रवेश परीक्षा दिएका विद्यार्थीहरुको रिजल्ट गर्ने क्रममा ‘हेलो इफेक्ट’ अर्थात चिनजान र भनसुनका आधारमा रिजल्ट प्रकाशित गर्दा अन्य विद्यार्थीहरुको भविष्य अन्योलमा परेको हो ।

एकजना विद्यार्थी प्रकाश उपाध्याय भन्छन्–‘हामीलाई पनि कानून पढ्ने मन छ । कानून पढ्नका लागि यहाँ आएका हौँ । तर, हाम्रो भविष्य माथि नै खेलवाड भएको छ।’ 
विश्वविद्यालयले सबैलाई समान रुपमा हेर्नु पर्नेमा त्यसो नगरेको कारण आफूले कानून पढ्ने योजना अधुरै रहने हो की भन्ने चिन्ता लागेको छ ,’ अर्का विद्यार्थी निशा शाहीले भनिन्  ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका उपप्रध्यापकहरु विभिन्न नीजि कलेजहरुमा पढाउने र सोही व्यक्ति विएएलएलविको प्रवेश परीक्षाको प्रश्नपत्र निर्माण गर्ने र अन्तर्वार्तादेखि रिजल्ट प्रकाशनमा समेत तिनै उपप्राध्यापकहरुको संलग्नता भएकाले यस्तो स्थितिको सिर्जना भएको स्रोतले बतायो । 

 प्रवेश परीक्षाको रिजल्ट भइसकेपछि प्रश्नपत्र निर्माणदेखि रिजल्ट प्रकाशन समेतमा सहयोग गरेको भन्दै केही उपप्राध्यापकले केही नीजि कलेजहरुले पार्टीको आयोजना गरेको अर्का परीक्षार्थी कलम थापाले दावी गरे ।
प्रवेश परीक्षामा सम्मिलित भएका तर, चिनजान र भनसुनको पहुँच नभइ स्वतन्त्र रुपमा परीक्षा दिएका परीक्षार्थीहरूले उक्त, परीक्षा रद्द गरी पुनः विषय विशेषज्ञहरूको संलग्नतामा परीक्षा गर्नुपर्ने माग गरेका छन्  । 
उनीहरुले रजिस्ट्रारको कार्यालयमा निवेदन समेत दर्ता गरेको विद्यार्थीहरुले बताएका छन् । 

सो विषयमा विश्वविद्यालयका रजिष्टार डा.नारायणप्रसाद पौडेललाई बुझ्दा उनले भने, ‘प्रवेश परीक्षाका बारेमा आएका विद्यार्थीका गुनासाहरू अध्ययन भइरहेको छ।’ विद्यार्थीहरुले भने अनुसार कमजोरी भएको देखिँदैन । यद्यपी, छानविन समिति बन्नका लागि कार्यकारीबाट नै निर्णय गर्नुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप