खुशी हुँदै ऋषि कट्टेलले भने, ‘३ वर्षसम्म मेरो पार्टीको प्रचार गरिदिएकोमा ओली–प्रचण्डलाई धन्यवाद !’

काठमाडौं । नेकपा विवादमा सर्वोच्च अदालतले ऋषि कट्टेललाई वैधानिकता दिएपछि न्याय पाएको प्रतिक्रिया दिएका छन् । नेकपा ओली पक्ष र प्रचण्ड–माधव पक्षबीच नेकपाबारे विवाद भइरहेका बेला सर्वोच्च अदालतले आइतबार कट्टेलको पक्षमा फैसला सुनाएको हो ।
यसअघि आयोगमा कट्टेलको नाममा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नामको पार्टी दर्ता थियो । तर तत्कालीन एमाले र माओवादी केन्द्र एकता गर्दा नेपाल कम्युनिस्ट पार्टी (ने क पा) राखेर आयोगमा दर्ता गरेका थिए ।
त्यसविरुद्ध कट्टेल सर्वोच्च गएका थिए । आइतबार त्यसैको फैसला सुनाएको हो । फैसलापछि कट्टेलले आफुले पहिल्यै नाम नजुधाउन आग्रह गर्दा उनीहरुले (ओली–प्रचड) ले नमानेको भन्दै तर अहिले न्याय पाएको प्रतिक्रिया दिए ।
‘मैले पहिल्यै नाम नजुधाउनु भनेको थिएँ, जुधाए । मलाई जर्बजस्ती पेल्न खोजेका थिए । तर, सर्वोच्चले खारेज गरिदियो । मलाई त चित्त बुझ्ने नै भयो’, खुसी हुदै कट्टेलले रातोपाटीसँग भने, ‘उनीहरुले पनि निकास पाए, सास फेरे ठिकै भयो ।’
उनले ३ बर्षसम्म आफ्नो पार्टीको प्रचार गरिदिएकोमा ओली प्रचण्डलाई धन्यवाद दिए ।
‘मलाई त धेरै फाइदा भयो नि । नाम राखेदेखि सवै मिडियाले कोअपरेट पनि गरिदिए । तर अहिले सरकार पक्ष हार्यो । राष्ट्रिय विषय बन्यो । हाम्रो पार्टीलाई देशभरका मान्छेले चिन्ने मौका पाए । हाम्रै प्रचार गरिदिए,’ कट्टेलको भनाइ छ ।
उनले अव मोहन वैद्य र विप्लवसँग पार्टी एकता गर्दै अघि बढ्ने प्रयास गर्ने पनि बताए । ‘हाम्रो उद्देश्य नै जनक्रान्तिको साधन, संयुक्त सरकारको साधन र पार्टी एकताको आधार भनेर सैद्धान्तिकरण गरेका छौँ । अब त्यसलाई कति लान सकिन्छ त्यो पछिको कुरा हो’, अध्यक्ष कट्टेलको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न