शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ ‘म्युजिक भिडियो’ अवार्डको उत्कृष्ट ५ मनोनयन

आइतबार, २३ फागुन २०७७, १६ : २२
आइतबार, २३ फागुन २०७७

काठमाडौँ । ‘म्युजिक भिडियो’ अवार्डको उत्कृष्ट ५ मनोनयन सार्वजनिक भएको छ । आयोजक सदिक्षा फिल्मस्ले राजधानीमा एक कार्यक्रमका बीच सम्मान तथा अवार्डमा मनोनयन परेका ४१ विधाकासमेत सार्वजनिक गरेको छ ।  कार्यक्रममा विशिष्ट संगीतकार शम्भुजित बास्कोटालाई ‘फादर अफ म्यूजिक भिडियो’ सम्मान र गायक सिताराम पोख्रेललाई ‘ट्रेन्ड सेटर्स अवार्ड’ प्रदान गरिनेछ । अवार्ड केही समयपछि हङकङमा आयोजना हुदैछ । 

कार्यक्रममा मनोनयन परेकालाई समेत प्रमाणपत्र वितरण पनि गरियो । मनोनयन सार्वजनिक कार्यक्रममा अभिनेत्री करिश्मा मानन्धर र चलचित्रकर्मी उद्धव पौडेलको अलवा गीतसंगी, फिल्म क्षेत्रका उल्लेख्य सेलिब्रेटीको उपस्थिति रहेको थियो ।
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप