ओलीपछि माधवकुमार नेपाललाई जन्मदिनमै धक्का !
काठमाडौं । आइतबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको जन्मदिन । तर उनका लागि जन्मदिन सुखद् रहन सकेन । सर्वोच्च अदालतले ऋषि कट्टेलद्वारा दायर रिटमाथि फैसला सुनाउँदै केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा निर्वाचन आयोगमा दायर गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता खारेज गरेसँगै माधवकुमार नेपाललाई धक्का लागेको हो ।
उनी पछिल्लो समय प्रचण्डसँग सहकार्य गर्दै आएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको विवादपछि सत्तारुढ दल राजनीतिक रुपमा विभाजित भएको थियो । विभाजित दुई खेमामध्ये एउटा खेमलाई प्रधानमन्त्री ओलीले नै नेतृत्व गर्दै आएका थिए भने अर्को खेमालाई प्रचण्ड र माधवकुमार नेपालले संयुक्त रुपमा नेतृत्व गर्दै आएका थिए ।
यस्तो अवस्थामा सर्वोच्च अदालतले तत्कालीन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई साबिककै अवस्थामा फर्काएपछि माधवकुमार नेपाल, झलनाथ खनाल लगायत प्रचण्ड–माधव पक्षको खेमामा रहेका पूर्वएमाले नेताहरुको राजनीतिक भविष्य संकटमा परेको छ । जन्मदिनकै दिन माधवकुमार नेपाललाई नमिठो धक्का लागेको हो ।
जन्मदिनमै नमिठो धक्का व्यहोर्नेमा प्रधानमन्त्री केपी शर्माओली अर्का नेता हुन् । यसअघि फागुन ११ गते प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन मनाइरहँदा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरिदिएको थियो । संवैधानिक इजलासले फैसला सुनाइरहँदा ओली बालुवाटारमा आफ्ना समर्थक र पार्टीका नेताहरुमाझ जन्मदिन मनाइरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दैलेखको ठाटीकाँधमा राति घरमा सुतेको शिशु गायब, अज्ञात समूहले लगेको परिवारको आशंका
-
पानी पर्दा पनि किन हट्न सकेन वायु प्रदूषण ?
-
आफू अतिथि रहेको कार्यक्रममा सहभागी नभएपछि ऊर्जा राज्यमन्त्रीले सोधे सचिवलाई स्पष्टीकरण
-
क्याल्सियमबाहेक यी चिजको कमीले पनि गराउँछ हड्डी कमजोर
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
अनुदान दिएर कृषिमा प्रोत्साहन गर्दै सूर्योदय नगरपालिका