शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘कबड्डी ४’ नयाँ वर्षको १५ असोजमा

आइतबार, २३ फागुन २०७७, १५ : ३०
आइतबार, २३ फागुन २०७७

काठमाडौंँ । केही पहिले घोषणा भएको फिल्म ‘कबड्डी ४’ नयाँ वर्ष अर्थात २०७८ असोज १५मा प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले छायाँकन अगाडि फिल्म रिलिज मिति सार्वजनिक गरेको हो । रामबाबु गुरुङको निर्देशन रहने फिल्म ‘कबड्डी’ को यो चौथो सिक्वेल हो । यसलाई ‘कबड्डी’को अन्तिमख सिक्वेल समेत भनिएको छ । 

‘कबड्डी’का तीन सिरिजको केही दृश्यहरु जोडेर तयार पारिएको एक भिडियो सार्वजनिक गर्दै निर्माण टिमले ‘कबड्डी ४’ को प्रदर्शन मिति घोषणा गरेको हो । ‘कबड्डी’ को पहिलो पार्टमा दयाहाङ राई, निश्चल बस्नेत र रेश्मा गुरुङ मुख्य भूमिकामा थिए । दोस्रो पार्टमा निश्चलको ठाउँमा सौगात मल्ल राखिएको थियो । तेस्रो पार्टमा विल्सन विक्रम राई, कर्मा र उपासना सिंह ठकुरी समेत जोडिएका थिए । अबको ‘कबड्डी ४’ भने सबै सिक्वेका कलाकार रहने निर्माण युनिटले जनाएको छ । फिल्म बैशाखबाट छायाँकनका लागि फ्लोरमा निस्कँदैछ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप