रोहन श्रेष्ठको जन्मदिनमा पुगिन् श्रद्धा कपुर, अफेयरको छ चर्चा

नेपाली मूलका सेलिब्रेटी फोटोग्राफर रोहन श्रेष्ठ र बलिउड नायिका श्रद्धा कपुरको अफेयरको चर्चा लामो समयदेखि रहँदै आएको छ । पहिला त उनीहरुले आफ्नो सम्बन्धलाई निकै कडा तरिकाले लुकाउने गर्दथे भने पछिल्ला केही समयदेखि यी दुईलाई सँगै देखिन थालिएको छ । केही दिन अघि रोहन श्रद्धाको ३४ औं जन्मदिनमा उपस्थित भएका थिए भने शनिबार श्रद्धा रोहनको जन्मदिनमा पुगेकी थिइन् ।
रोहनको जन्मदिनमा पुगिन् श्रद्धाः
मुम्बईको वर्लीस्थित बास्टियन रेष्टुरेन्टमा रोहन श्रेष्ठ र श्रद्धा कपुरले सँगै डिनर गरे । यो बर्थडे सेलिब्रेशनमा नायक रणवीर सिंह पनि पुगेका थिए । यी तीनजना रेष्टुरेन्टबाट निस्किरहेको भिडियो सार्वजनिक भएको छ ।
माल्दिभ्समा श्रद्धासँग थिए रोहनः
स्मरण रहोस्, हालै श्रद्धा कपुरले आफ्नो जन्मदिन कथित प्रेमी रोहन श्रेष्ठ र परिवारसँग मनाएकी थिइन् । श्रद्धाको जन्मदिनको पार्टीका थुप्रै फोटो र भिडियो सार्वजनिक भएको थियो जसमा श्रद्धा रोहनसँग नाच्दै केक काटिरहेको देखिएकी थिइन् । यसबाहेक सोसल मिडियामा भाइरस तस्बिर र भिडियोमा श्रद्धा र रोहनलाई रोमान्टिक भएको पनि देखिएको थियो ।
श्रद्धा कपुर पछिल्लो केही समयदेखि आफ्नो नीजि जीवनबारे चर्चामा छाउने गरेकी छिन् । रोहन श्रेष्ठसँग उनको विवाहको खबर पनि बारम्बार आइरहन्छ । यद्यपि, यी दुईले यसबारे अहिलेसम्म यसबारे मुख खोलेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स लिग : इटालीको इन्टर मिलान सेमीफाइनलमा, अबको भिडन्त बार्सिलोनासँग
-
आर्सनल च्याम्पियन्स लिगको सेमीफाइनलमा, घेलु मैदानमा पनि हार्यो रियाल मड्रिड
-
प्रिमियर लिगको तेस्रो स्थानमा उक्लियो न्यूक्यासल
-
टेण्डर भएको तीन वर्षमा पनि निर्माण नभएपछि सडकमै रोपियो केराका बोट
-
आईपीएल : गुजरातलाई उछिन्दै शीर्ष स्थानमा उक्लियो दिल्ली
-
झापा भद्रपुरको राजस्व कार्यालयले नौ महिनामा गर्यो दुई अर्बबढी सङ्कलन