कोरोनाका कारण विदेशमा थप २ नेपालीको मृत्यु

काठमाडौं । विदेशमा कोरोना भाइरस (कोभिड–१९) कारण यो साता थप २ नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार बेलायतमा बस्दै आएका २ नेपालीको कोभिड १९ का कारण निधन भएको हो ।
शनिवार साँझसम्म योसहित ३ सय ४१ जना नेपालीको संक्रमणका कारण निधन भएको छ । हालसम्म २१ देशमा रहेका नेपालीको कोरोना संक्रमणले निधन भएका हो । रिपोर्टअनुसार हालसम्म ५३ देशमा रहेका नेपालीहरु संक्रमित भएका छन् । गत वर्षदेखि विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण हालसम्म सबै भन्दा बढी साउदी अरबमा ८८ जना, बेलायतमा ८६ जना र यूएईमा ५० जना नेपालीको ज्यान गएको छ ।
शनिवार साँझसम्म विभिन्न मुलुकका ६२ हजार ९ सय ८१ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६० हजार ६ सय २८ जना कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९६ दशमलव ३ प्रतिशत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेश र श्रीलंका बनाउने सिंहको चेतावनी
-
त्रिविका रेक्टर र रजिस्ट्रारलाई समेत राजीनामा दिन दबाब
-
चोरी भएका २० ओटा दुई पाङ्ग्रे सवारी धनीलाई हस्तान्तरण
-
‘वैशाख ७ गतेदेखि सडकमै खान्छौँ, सडकमै सुत्छौँ’
-
तीनकुने घटनाको असर : बल्खु क्षेत्रमा व्यापारीले लगाए सटर
-
जय राष्ट्रवादको नारा लगाएर बल्खुमा सुरु भयो राप्रपाको खबरदारी सभा