बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बच्चा मोबाइलमा झुण्डिरहन्छन् भने तपाईं पनि बच्चा नै बन्नुहोस्, यसरी हटाउनुहोस् बानी

आइतबार, २३ फागुन २०७७, १२ : ५६
आइतबार, २३ फागुन २०७७

आजकाल हरेक आमा–बुवा, हजुरबुवा–हजुरआमाको बच्चाप्रति एउटै गुनासो छ कि बच्चाको हातमा मोबाइल भएपछि उनीहरुले कसैले भनेको पनि सुन्दैनन् । कम्प्युटर, टिभी र भिडियो गेमले पनि बच्चालाई परिवारसँग टाढा राखिरहेको छ । त्यसैले बच्चालाई हरेक दिन केही घण्टा यी कुराबाट अलग राख्न आवश्यक छ । अर्थात्, समय समयामा अभिभावकले नै बच्चा बनेर उनीहरुको साथमा हुनुहोस् । आफ्नो बच्चालाई आफूसँग समय बिताउन लागि प्रेरित गर्नुहोस् । यसका लागि तपाईंले ८ कुरामा ध्यान राख्नुहोस् ।

१. गाली नगर्नुहोस्ः

मोबाइल र कम्प्युटरको प्रयोग गरिरहेका बच्चालाई हरेक कुरामा गाली खाएको मन पर्दैन । यस्तोमा उनीहरुको रुटिनको एउटा टाइमटेबल बनाउनुहोस् । यसमा कडा नियममात्रै होइन उनीहरुको इच्छालाई पनि ध्यान राख्नुहोस् । सम्भव भएसम्म केही समयका लागि तपाईं पनि उनीहरुसँग मोबाइल वा कम्प्युटरमा गेम खेल्नुहोस् । यो गर्दा उनीहरुलाई पनि राम्रो महसुस हुनेछ ।

२. कहानी सुनाउनुहोस्ः

हामी बच्चालाई मोबाइलमा गेम वा कहानी लगाइदिएर हेर्न दिन्छौं । यसो गर्दा यो उनीहरुको रुटिनको हिस्सा बन्न थाल्छ । यसको एउटा विकल्प यो हो कि तपाईं आफ्नो बाल्यकालका रोचक कहानी सुनाउनुहोस् । चाहे त्यो खेलकुदसँग जोडिएको होस् वा शिक्षात्मक होस् । तपाईंले यसो गर्नुभयो भने तपाईं उनीहरुसँग जोडिन सहज पनि हुनेछ र एक भावनात्मक सम्बन्ध पनि विकसित हुनेछ ।

३. तालिका अपनाउनुहोस्ः

तपाईं आफ्नो एउटा तालिका स्थापित गर्नुहोस् र त्यसलाई फलो गर्ने कोसिस गर्नुहोस् । बच्चाको अगाडि तपाईं पनि मोबाइलको प्रयोग कमै गर्नुहोस् । यसो गर्दा बच्चा पनि प्रभावित हुनेछ र उनीहरुमा राम्रो बानीको विकास हुनेछ । साथै उनीहरु एक उत्कृष्ट जीवनशैली अपनाउन प्रेरित हुन्छन् किनभने बच्चाहरु आफ्नो वरिपरिको माहौलबाट नै सिक्छन् । घरको वातावरण तपाईंले नै स्वस्थ राख्नुहोस् ।

४. कुटेर होइन, प्रेमले गाली गर्नुहोस्ः

सानो तिनो गल्ती गर्दा हल्का फुल्का सजाय दिनसक्नुहुन्छ । बच्चामाथि कडा व्यवहार गर्दा उनीहरुको मानसिकतामा नकारात्मक असर पर्न सक्छ । यस्तोमा गाली गर्ने तपाईंको तरिकाले बच्चाले केही सिकून् र सजाय पनि पूरा होस् ।

५. हल्का–फुल्का काम अह्राउनुहोस्ः

बच्चामा काम गर्ने बानी विकसित गर्नका लागि उनीहरुलाई पाँच वर्षको उमेरदेखि नै हल्का फुल्का र रोचक काम दिन सुरु गर्नुहोस् । जस्तै, उनीहरुलाई खेलौनालाई सही स्थानमा राख्न सिकाउनुहोस् । आफूले पनि सानोतिनो काममा उनीहरुको मद्दत लिनुहोस् । बिस्तारै उनीहरुलाई आफ्नो स्कूलको ब्याग प्याक गर्नेलगायतका काम पनि दिनुहोस् । खाना खाएपछि प्लेट उठाउन पनि भन्नुहोस् । यस्तोमा उनीहरुलाई आफ्नो काम आफैं गर्ने इच्छा पैदा हुन्छ भने उनीहरुले पछि गएर सफलता पनि पाउनेछन् ।

६. खाना खाने बेलामा ग्याजेटबाट बच्नुहोस्ः

दिनमा कम्तीमा एकपटक बच्चासँग बसेर खाना खानुहोस् । यसो गर्दा बच्चाले परिवारको महत्व बुझ्नेछन् । यतिबेला आफूले पनि मोबाइल प्रयोग नगर्नुहोस् । बच्चाले पनि तपाईंको यस्तो बानीबाट केही सिक्छन् । यस्तै हाँसो ठट्टाको वातावरण पनि सकारात्मक राख्नुहोस् । उनीहरुले के मनपर्छ, के मन पर्दैन, यसको कारण जान्ने कोसिस गर्नुहोस् । आफ्नो व्यवहारमा उनीहरुप्रति आफ्नोपन जताउनुहोस् ।

७. बच्चालाई खुसीले भरिएको माहौल दिनुहोस्ः

घरमा यदि तनाव छ भने बच्चा मानसिक रोगको शिकार हुने गर्छन् । बच्चालाई घरमा शान्तिपूर्ण र खुसीले भरिएको माहौल दिनुहोस् । उनीहरुको अगाडि पार्टनर झगडा नगरुन् । अपशब्दको प्रयोग पनि नगर्नुहोस् । बच्चालाई तनावको माहौलबाट बचाउनका लागि पार्क लिएर जानुहोस् । उनीहरुसँग घुम्न जानुहोस् । उनीहरुलाई मोबाइल दिनुको साटो उनीहरुसँग टिभीमा केही राम्रो फिल्म हेर्नुहोस् ।

८. बच्चालाई नजरअन्दाज नगर्नुहोस्ः

बच्चा असाध्यै जिज्ञासु हुन्छन् । उनीहरुले सोधेका हरेक प्रश्नको जवाफ दिने पूरा कोसिस गर्नुहोस् । उनीहरुलाई नजरअन्दाज नगर्नुहोस् । यस्तोमा उनीहरु नराम्रो बानीको संगतमा पर्न सक्छन् । उनको साथीहरुसँगको झगडा, उनीहरुको आधारहीन विचार र सपनालाई निकै ध्यान दिनुहोस् । यसो गर्दा उनीहरुलाई आफ्नोपन महसुस हुनुका साथै उनीहरु खुसी पनि हुन्छन् र व्यवहार बारे जान्ने मौका पनि पाउनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप