शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

इन्फ्रास्ट्रक्चर बैंक तेस्रो वर्षमा प्रवेश

आइतबार, २३ फागुन २०७७, १२ : ५४
आइतबार, २३ फागुन २०७७

नेपाल इन्फ्रास्ट्रक्चर बैंक सञ्चालनको दुई वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । यो बैंकले ०७५ फागुन २२ गतेबाट औपचारिक रुपमा सेवा सुरु गरेको थियो ।
मुलुकको पूर्वाधारहरूका लागि आवश्यक वित्तीय स्रोत उपलब्ध गराउने लक्ष्यसहित सार्वजनिक–निजी साझेदारीको अवधारणामा यो बैंक स्थापना भएको हो । २० अर्ब चुक्ता पुँजीको यो बैंकमा संस्थापक समूहको १२ अर्ब र

सर्वसाधारणको ८ अर्ब लगानी छ । बैंकले हालै सर्वसाधारणका लागि सेयर निष्कासन गरी चुक्ता पुँजी २० अर्ब पु¥याइसकेको छ । 
यसमा नेपाल सरकारको १० प्रतिशत लगानी छ । ५० प्रतिशत निजी क्षेत्रका प्रतिष्ठित व्यावसायिक घरानाहरु रहेको लगानी छ । यस बैंकमा कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, वाणिज्य बैंकहरू र बिमा कम्पनीहरु समेतको लगानी छ ।  
यसले स्वदेश र विदेशबाट स्रोतको व्यवस्था गरी पूर्वाधार परियोजनामा लगानी गर्छ । बैंकले आफ्नो अगुवाइ÷सह–अगुवाइमा जलविद्युत्, सिमेन्ट क्लिंकराइजेसन, सौर्य ऊर्जा लगायत परियोजनाका लागि कर्जा स्वीकृत गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप