बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नक्कली लालपुर्जा र नागरिकता बनाइ यसरी बेचियो अर्काको नाममा रहेको थानकोटको जग्गा

आइतबार, २३ फागुन २०७७, १२ : २६
आइतबार, २३ फागुन २०७७

मालपोतका कर्मचारीहरुको मिलेमतोमा अर्काको नाममा रहेको जग्गाको नक्कली लालपुर्जा बनाइ बिक्री वितरण गरेर ठगी गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । म्याग्दीको बरंजा गाविस वडा नम्बर २ घर भइ हाल बेल्जियममा बस्ने मीना खड्काको नाममा काठमाडौँको थानकोटमा भएको २० आना जग्गा किर्ते गरी बिक्री वितरण गरिएको हो ।

मीना खड्काको नामको नक्कली नागरिकता र उनकै नामको सोही जग्गाको नक्कली जग्गाधनी प्रमाणपूर्जा बनाइ नक्कली जग्गाधनी प्रमाणपूर्जामा विवरणहरू वास्तविक मिना खड्काको र फोटो लक्ष्मी घतानीको टाँस गरी ठगी गरिएको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ । सो जग्गा भक्तपुर थिमी नगरपालिका–४ बस्ने कृष्ण गोपाल श्रेष्ठ र कृष्णभक्त माक श्रेष्ठलाई कूल ७२ लाखमा बिक्री गरिएको थियो भने सोही जग्गा पुनः कुमार दाहाल खत्रीलाई लाई राजीनामा पास गरिदिन्छु भन्दै २०७६ साल मंसिर ३० मा बैना बापत ३५ लाख रुपैयाँ लिइ ठगी गरिएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले जानकारी दिए ।

यस घटनामा पक्राउ परेका मालपोतका कर्मचारीहरु तत्काल  मालपोत कार्यालय कलङकी र हाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा शाखा अधिकृत पदमा कार्यरत दिपक दाहाल, तत्काल र हाल मालपोत कार्यालय कलङ्कीमा नासु पदमा कार्यरत नारायण श्रेष्ठ, तत्काल मालपोत कार्यालय कलङ्की र हाल राष्ट्रिय कितावखाना ललितपुर हरिहर भवनमा खरिदार पदमा कार्यरत दिपा पंज्ञानी रहेका छन् । हाल उनीहरु धरौटी रिहा भएका छन् ।

. हाल पक्राउ परी अनुसन्धान भइरहेका प्रतिवादीहरु:-

  1. जिल्ला काठमाण्डौ, बुढानिलकंठ न.पा. वडा नं ११ बस्ने तिलक बहादुर खड्काको नाति श्याम बिक्रम खड्काको छोरा बर्ष ४७ को बिजय कुमार खड्का ।
  2. जिल्ला धादिङ, निलकंठ न.पा. वडा नं. ५ पतेनी हाल जिल्ला चितवन राप्ति न.पा.-२ पिप्ले बस्ने रामचन्द्र भट्टको नाति नन्दलाल भट्टको छोरा बिष्णु भट्ट र केशव भट्ट भन्ने बाल प्रसाद भट्ट ।
  3. जिल्ला काभ्रे, पनौती स्थायी वतन भएका रामचन्द्र पुडासैनी/राम बहादुर खड्का भन्ने पुण्य प्रसाद काफ्ले  ।
  4. जिल्ला संखुवासभा, नुनढाकी गा.पा. ६  स्थायि वतन भई हाल जिल्ला ललितपुर, ललितपुर म.न.पा.-१८ भैंसेपाटी बस्ने मान बहादुर घलेको नाति भक्त बहादुर घलेको छोरा बर्ष ५३ को ईन्द्र बहादुर खत्री भन्ने ईन्द्र बहादुर घले ।
  5. जिल्ला रामेछाप, साविक गेलु गा.वि.स. वडा नं. ९ हाल मन्थली न.पा. वडा नं. ११ स्थायी वतन भई हाल जिल्ला भक्तपुर मध्यपुर ठमी न.पा. लोकन्थली बस्ने बालकृष्ण बुढाथोकी
  6. जिल्ला दोलखा, भुसाफेदा गा.वि.स.वडा नं. ५ जन्मस्थान, जिल्ला सिन्धुपाल्चोक , ठूलोधादिङ गा.वि.स. वडा नं. ७ स्थायी वतन भई हाल जिल्ला काठमाण्डौ, गोकर्णेश्वर नगरपालिका वडा नं. ६ नारायणटार बस्ने जय बहादुर बि.क.को छोरी रत्न परियारको श्रीमति बर्ष ४२ को मिना खड्का भई खडा हुने लक्ष्मी घतानी ।
  7. जिल्ला ओखलढूंगा, खीजिदेम्बा गाउँपालिका वडा नं. १ स्थायी वतन भई हाल जिल्ला काठमाण्डौ, काठमाण्डौ महानगरपालिका वडा नं. ६ बौद्द बस्ने बर्ष ४६ को बिजय प्रकाश सुनुवार ।
  8. जिल्ला सिन्धुली, कमलामाई नगरपालिका वडा नं.५ घर भई हाल जिल्ला काठमाण्डौ, काठमाण्डौ महानगरपालिका वडा नं. १० बानेश्वर बस्ने कृष्ण थापा मगर भन्ने कृष्ण बहादुर दर्लामी ।
  9. जिल्ला झापा, कचनकवल नगरपालिका वडा नं ३ स्थायी वतन भई हाल जिल्ला ललितपुर, महालक्ष्मी नगरपालिका बस्ने  नर बहादुर कटुवालको छोरा बर्ष ४५ को कृष्ण बहादुर कटुवाल ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप