बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

काँग्रेसको आजको नीति : केपी ओली र प्रचण्ड–नेपाललाई नियाल्ने रणनीति

आइतबार, २३ फागुन २०७७, १२ : १३
आइतबार, २३ फागुन २०७७

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले प्रतिनिधिसभामा सत्तासीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केपी ओली र प्रचण्ड–माधव समूहको रणनीति नियाल्ने भएको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी ओलीको निर्णय बदर गरी १३ दिनभित्र अधिवेशन बोलाउन सर्वोच्च अदालतले दिएको परमादेश अनुसार आइतबार दिउँसो ४ बजे  पहिलो बैठक बस्दै छ ।
काँग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले काँग्रेस पर्ख र हेर अवस्थामा रहेको बताए । प्रमुख सचेतक खाणले आगामी नीतिबारे छलफलमै रहेको बताए ।

उनले भने, ‘आज सत्तारुढ दलका दुई समूह (केपी र प्रचण्ड–नेपाल) कसरी प्रस्तुत हुनुहुन्छ । त्यसलाई प्रतिपक्षी बेन्चबाट नियाल्छौँ । उहाँहरुको रणनीतिलाई मध्यनजर गरेर काँग्रेसले छिट्टै नीति बनाउँछ । मुलुकलाई बन्धक राख्ने पक्षमा नेपाली काँग्रेस छैन ।’ 

यस्तै काँग्रेसले संसदको उनीहरुको रणनीतिसँग सर्वोच्च अदालततिर पनि नजर लगाएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको नाम सम्बन्धी मुद्दाको फैसला आज सुनाउँदै छ ।  नेकपा अध्यक्ष ऋषि कट्टेलले दुई वर्षअघि सर्वोच्चमा दायर गरेको रिटमाथि सुनुवाई सकिएर आज निर्णय सुनुवाई हुन लागेको होे । न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको इजलासले आज निर्णय सुनाउनेछ ।

सर्वोच्च अदालतले नेकपाको आधिकारिकता ऋषि कट्टेललाई दिएमा ओली र प्रचण्ड अध्यक्ष रहेको नेकपाले अर्को नाम राख्नुपर्नेछ ।
सर्वोच्च अदालतको फैसलाले नेकपा के हुन्छ र निर्वाचन आयोगले नेकपा कुन पक्षलाई आधिकारिकता दिन्छ भन्ने विषयलाई पनि नजिकबाट नियालिरहेको छ ।
संसद विघटनपछि नेकपामा आएको राजनीति विभाजनलाई निर्वाचन आयोगले कानुनी मान्यता दिन सकेको छैन । अदालत र आयोग निर्णयलाई काँग्रेसले नजिकबाट हेरिरहेको काँग्रेस सांसद प्रकाश रसाइलीले जानकारी दिए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप