केन्द्रीय संस्करण

प्रधानमन्त्री ओलीले लगाए कोभिड–१९ विरुद्धको खोप

person explore access_timeफागुन २३, २०७७ chat_bubble_outline0

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ लगाएका छन् ।  प्रधानमन्त्री ओलीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा बिहान खोप लगाएका हुन् ।

प्रधानमन्त्रीसँगै पत्नी राधिका शाक्यले खोप लगाएकी छन् । सरकारले आइतबारदेखि नै दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन गर्दैछ ।  सो अवसरमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको बताइएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.