बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तोलामा ५०० रुपैयाँले बढ्यो सुनको भाउ

आइतबार, २३ फागुन २०७७, ११ : २४
आइतबार, २३ फागुन २०७७

नेपाली बजारमा बिहीबार मूल्य सामान्य वृद्धि भएको छ । अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य यो साताको पहिलो दिन आइतबार भने तोलमा रु ५०० ले वृद्धि भएको हो । 
    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाला सुनको मूल्य तोलामा रु ८६ हजार १०० रहेको छ। छापावाला सुन तोलामा शुक्रबार रु ८५ हजार ६०० मा कारोवार भएको थियो । 

यस्तै तेजाबी सुन पनि तोलामा रु ५०० ले नै उकालो लागेको छ । तोलामा रु ८५ हजार १५० मा शुक्रबार कारोवार भएको तेजाबी सुन आजका लागि भने रु ८५ हजार ६५० मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी तोलामा रु एक हजार २५० मा कारोवार भएको महासंघले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप