बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

माइक्रो र मोटरसाइकल आपसमा ठोक्किँदा दुईजनाको मृत्यु

आइतबार, २३ फागुन २०७७, ११ : २०
आइतबार, २३ फागुन २०७७

काठमाडौं । मोरङको सुन्दरहरैचा नगरपालिका–७ गोठगााउँमा माईक्रो र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ ।

आइतबार राति पौने एक बजे पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश २, ०२–००१ प ३८७८ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको बा४ख ६९६ नम्बरको हाइस माइक्रो आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते दुई जनाको उपचारको क्रममा कोशी अस्पतालमा राति पौने २ बजे मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

दुर्घटनामा माइक्रो चालक र परिचालक भने घाइते भएका छन् । उनीहरु दुवैको कोशी अस्पतालमै उपचार भइरहेको जनाइएको छ । माइक्रो चालकले मदिरा पिएर सवारी साधन चलाएको पाइएको प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप