शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गृहमन्त्रीले लगाए कोरोनाविरुद्धको खोप

आइतबार, २३ फागुन २०७७, १० : ४२
आइतबार, २३ फागुन २०७७

गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले आइतबार कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् । गृहमन्त्रीले बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा पुगेर कोरोनाविरुद्धको कोभिशिल्ड लगाएका हुन् । 
 सरकारले आइतबारदेखि नै दोस्रो चरणको खोप अभियानअन्तर्गत ६५ वर्षमाथिका ज्येष्ठ नागरिकलाई खोप सञ्चालन समेत गरेको छ ।  यो अभियानमा करीब १६ लाख ज्येष्ठ नागरिकलाई खोप प्रदान गर्ने लक्ष्य रहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप