
नेकपा विवाद : आयोगले आधिकारिकताबारे कहिले गर्ला निर्णय ?

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आधिकारिकता विवाद टुंग्याउन निर्वाचन आयोगले आज छलफल गर्ने भएको छ । सो पार्टीको आधिकारिकता विवाद टुङ्ग्याउन नेकपाको प्रचण्ड–माधव पक्षले पटकपटक आग्रह गरेपनि आयोगले ठोस निर्णय गर्न सकेको छैन ।
शुक्रबार प्रचण्ड–माधव पक्षले पुनः आयोगलाई ५ पेज लामो ध्यानाकर्षण पत्र बुझाउँदै निर्णयका लागि दवाव दिएको थियो । त्यसक्रममा निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आइतबार पदाधिकारीको बैठक बसेर पार्टी आधिकारिकताबारे छलफल गर्ने जानकारी दिएका थिए ।
आयोग स्रोतका अनुसार नेकपा विवाद निरुपणबारे आइतबार छलफल भएपनि टुङ्गो लाग्ने सम्भावना कम रहेको छ । नेकपाको ओली र प्रचण्ड–माधव दुवै पक्षले आफुलाई आधिकारिकता दावी गर्दै नेकपाको मान्यता दिनुपर्ने बताएका छन् । यद्यपी बहुमत केन्द्रीय सदस्य संख्या भने प्रचण्ड माधव पक्षसँग रहँदै आएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले नेकपा विवाद निरुपणबारे आयोग पदाधिकारी बैठक बसेर छलफल हुने जानकारी दिए । ‘विवाद निरुपणबारे आइतबार पनि छलफल हुन्छ । समय एकिन भैसकेको छैन’, प्रवक्ता श्रेष्ठले रातोपाटीसँग भने, ‘छलफल आजमात्रै हुने होइन, पहिला पनि भइरहेको छ ।’

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ