
एयर गनसहित एक पक्राउ

सुर्खेत । सुर्खेतमा एयर गन सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गएराति वीरेन्द्रनगर–६ का ३० वर्षीय आजाद इद्रीशीलाई पक्राउ गरेको हो ।
हतियार देखाएर विभिन्न व्यक्तिहरुलाई तर्साउने, धम्की दिने गरेको गुनासो आएपछि प्रहरीले वीरेन्द्रनगरको मोटरसाइकल ग्यारेजको खानतलासी गरेको थियो ।
ग्यारेज खानतलासी गर्दा एयर गन फेला पारेको सुर्खेत प्रहरीले जनाएको छ। अनुसन्धान जारीनै रहेकाले थप विवरण खुल्न नसकेको प्रहरीले बताएको छ ।
उनले एयर गन कहाँबाट ल्याइएको हो भन्ने पनि नखुलेको बताइएको छ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ