शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रोल्पामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

आइतबार, २३ फागुन २०७७, १० : १८
आइतबार, २३ फागुन २०७७

काठमाडौं । रोल्पाको रुन्टीगढी–६ स्थित गातिनामामा ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । 

ना ७ त  ६४०० नम्बरको ट्रयाक्टर पल्टिदाँ ३१ वर्षीय खगेन्द्र रानाको मत्यु भएको रोल्पाका डिएसपी नरेशराज सुवेदीले रातोपाटीलाई बताए । मृतक राना सो ट्रयाक्टरमा सवार थिए । ट्रयाक्टरले च्यापेपछि डोजरको सहायताले उनको शव निकालिएको थियो । 

ट्रयाक्टर चालक रोल्पा थवाङ गाउँपालिका–३ घर भएका बल बहादुर बुढामगर उर्फ तुफानलाई ईलाका प्रहरी कार्यालय होलेरीले नियन्त्रणमा लिएको छ ।

मृतकको शव पोष्टमार्टमका लागी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा पठाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप