ad
केन्द्रीय संस्करण

उत्तर कोरियाद्वारा पेट्रोलियम आयातमा तोकिएको सीमा उल्लङ्घन

person explore access_timeफागुन २२, २०७७ chat_bubble_outline0

एजेन्सी । उत्तर कोरियाले प्रतिबन्धले तोकेको वार्षिक सीमाभन्दा बढी प्रशोधित पेट्रोलियम पदार्थ आयात गरेको संयुक्त राष्ट्र सङ्घका विज्ञहरूले शनिबार बताएका छन् ।  एएफपीलाई प्राप्त एक रिपोर्ट अनुसार प्योङ्याङ्ले वार्षिक पाँच लाख ब्यारेल पेट्रोलियम पदार्थ आयात गर्न पाउने भएपनि गत वर्ष यो सीमा पार भएको राष्ट्र संघ सुरक्षा परिषद्को विज्ञहरूले बताएका हुन् ।

नयाँ रिपोर्टअनुसार गत वर्ष जनवरीदेखि सेप्टेम्बरसम्ममा कोरियाले कुन देशको भनेर परिचय नखुलेका केही मुलुकका १२१ सामुद्रिक ट्याङ्कको प्रयोग गरी ग्यास तथा डिजेललगायतका पदार्थलाई आयात गरेको हो । 

उत्तर कोरियालाई आवश्यक भनी तोकाएकोभन्दा बढी पेट्रोलियम पदार्थको आयातबाट प्योङ्याङ्ले आफ्नो आवश्यकताभन्दा बढी पेट्रोलियम पदार्थको आयात गरी आफ्नो हतियार विकासमा प्रयोग गरेको आशङ्का विज्ञहरूले गरेका हुन् । उत्तर कोरियाले राष्ट्रसङ्घको प्रतिबन्ध भन्दा कोइला, माछा र टेक्सटायललगायतका सामानको निर्यातको सिलिङ (सीमा) लाई पनि पार गरेको र यसरी प्राप्त राजश्वलाई हतियार विकासमा लगाएको दावी राष्ट्रसंघीय समितिको रहको छ । 

प्योङ्याङले सन् २०१९ जनवरीदेखि सन् २०२० नोभेम्बरसम्मको कूल ‘भर्चुअल एसेट’ चोरीको मूल्य करीब ३१ करोड ६४ लाख अमेरिकी डलर रहेको तथ्याङ्कले देखाएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.