ad
केन्द्रीय संस्करण

ओलीलाई हटाउन संसदीय प्रक्रियाबाटै अघि बढ्नुपर्छ : प्रकाशमान सिंह

person explore access_timeफागुन २२, २०७७ chat_bubble_outline0
फाइल फोटो

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिष्टहरू सत्ता संचालनमा पूर्णरूपमा असफल भएको बताएका छन् । गणेशमान सिंहको स्मृतिमा शनिबार काठमाडौँमा गरिएको कार्यक्रममा अब पनि कम्युनिष्टहरूबाट सुशासनको आशा राख्नु महाभूल हुने बताए । 

जनताले दिएको जनमतको कदर गर्न नसक्ने र पार्टीभित्रको मतभेद मिलाउन नसकेर संविधान माथिनै प्रहार गर्नेहरूबाट अरु आश गर्न नसकिने सिंहले बताए । 

'संसारलाई चमत्कार गरेर देखाउछौं भनेर जनताको म्यान्डेट लिए​र आए पनि  आफ्नै पार्टी चलाउन नसकेर प्रतिनिधि सभा विघटनजस्तो असंवैधानिक कदम चालेर व्यवस्था माथिनै धावा बोल्ने कार्य प्रधानमन्त्रीले गर्नुभयो । जसले जनमतको अपमान भयो,' सिंहले भने ।  

नेपालकी राजनीतिमा मूल्य मान्यताको कमी हुँदै गएको,  राजनीति सेवा भावले गरिनु पर्नेमा कमाउ धन्दातिर मोडिएको सिंहले बताए । अब पनि असंवैधानिक कदम उठाउने ओलीलाई सरकारमा बस्‍ने नैतिक र राजनीतिक आधार नभएको भन्दै  संसदीय प्रक्रियाबाटै अघि बढ्नुपर्ने बताए । 

अब पनि नेपाली जनताले कम्युनिस्टहरूलाई चिन्न नसके ठुलो भुल हुने सिंहले बताए । जनमतको अपमान गर्नेहरुलाई चिन्न उनको आग्रह छ । कार्यक्रम गणेश मान सिंहको स्मृतिमा आयोजना गरिकाले नेपालको राजनीतिमा गणेशमान सिंहको योगदानको समेत चर्चा गरेका थिए । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.