कोभिड महामारीले सबै क्षेत्रमा आर्थिक शिथिलता बढायो : मन्त्री पुन
पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले कोरोना संक्रमण (कोभिड १९) का कारण देशका हरेक क्षेत्रमा आर्थिक शिथिलता थपेको बताएकी छिन् ।
शनिबार मन्त्रालयमा आयोजित ‘अपाङ्गता भएका विद्यालयहरूको शिक्षण सिकाइमा प्रविधिको प्रयोग’ सम्वन्धि आयोजित कार्यक्रममा बोल्दै उनले लामो समयसम्म कायम रहेको कोरोनाको प्रभाबका कारण समाज विकासका क्षेत्रमा समेत प्रभाव परेको बताएकी हुन् ।
‘गत बर्ष आर्थिक बर्षमा जस्तै यसपटक बजेट पाउने सम्भावना कम छ, अहिले कोरोनाको कारणले गर्दा आर्थिक शिथिलता आएको छ’, उनले भनिन्, ‘प्रदेश सरकारले कति बजेट पाउँछ । त्यसमध्ये पनि सामाजिक विकास मन्त्रालयले कति बजेछ पाउँछ, त्यसलाई मध्येनजर गरी बजेट विनियोजन गर्नुपर्छ ।’
उनले प्रदेश सरकारले पहिलो हुने अभियान सुरु गरेको बताउदै अपाङ्गताको क्षेत्रलाई सम्बोधन गर्ने गरि आवश्यक बजेटको ब्यवस्था मिलाउने बताइन् । अपाङ्गता भएका बालबालिकाहरूको शिक्षण अभ्यासमा सहयोग गर्ने गरि प्रविधिमा आधारित शिक्षण सामग्रीहरुको प्रभावकारी उपयोगमा उनले जोड दिइन् ।
त्यसका लागि शिक्षकहरुलाई आवस्यक पर्ने थप तालिमको व्यवस्था समेत मिलाउने उनले बताइन् । शैक्षिक तालिम केन्द्र दमौलीका प्रमुख नेपाल हरी रानाभाटले शिक्षण सिकाइमा प्रविधिको प्रयोगलाई यथोचित प्रयोगका लागि सरोकारवालाहरुको ध्यान जानुपर्ने बताए ।
उनले शिक्षकहरुका लागि आवश्यक प्रविधिमैत्री तालिम र शिक्षण सामग्रीहरुको प्रभावकारी उपयोगले मात्र अपेक्षित परिणाम प्राप्त गर्न सकिने बताए ।
नेपाल नेत्रहिन संघका केन्द्रीय अध्यक्ष रमेश पोखरेलले अपाङ्गताका क्षेत्रमा काम गर्ने शिक्षकलाई आवश्यक तालिम र सेवा सुविधाको व्यवस्था गरिनु पर्ने बताए । उनले अपाङ्गताको क्षेत्रमा धेरै जटिलताहरू रहेको बताउँदै अपांङ्गमैत्री योजनाहरु आवश्यक रहेको बताए ।
गण्डकी प्रदेशका प्रदेशसभा सदस्य मिन बहादुर गुरुङले अपाङ्गताको क्षेत्रलाई प्राथमिकीकरण गरि योजनाहरु निर्माण गर्न आवस्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन्– मैले संविधान बुझेको छु
-
जोखिम भत्ता काटेपछि प्रधान सेनापतिको कटाक्ष : बजेट बनाउनेलाई चिया खान पनि नपाउने ठाउँमा लान पाए हुन्थ्यो
-
२६ करोड ६५ लाख कमाउँदै पाँचौँ सातामा ‘महाजात्रा’
-
पूर्व मुख्यसचिव शाक्यको अन्त्येष्टि
-
डोल्पामा हिउँ चितुवाको सङ्ख्यामा उल्लेखनीय वृद्धि
-
इलाम उपचुनावका चुनौती