शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्ड–माधवलाई ठेगान लगाउने चेतावनी दिँदै ओलीले भने : ११६ सिट जितेको पार्टी भत्काएर २३ सिट जित्नेलाई लौन प्रभु भन्ने ?

शनिबार, २२ फागुन २०७७, १९ : १८
शनिबार, २२ फागुन २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी काठमाडौंमा आएको अवसरमा घरघरमा गएर दिपावली गर्न र लड्डु खान आग्रह गरेका छन् । शनिबार मेलम्चीको पानी सुन्दरीजलमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जतिबेला पायो त्यतिबेला लड्डु खाने गरिएको भन्दै यस्तो खुसीयालीमा चाहिँ लड्डु खानुपर्ने बताए । 

‘जतिबेला पायो त्यतिबेला लड्डु खाने होइन । खुसीको बेला खानुपर्छ,यहाँ त लड्डु ल्याइएन आज तर घरघरमा दिपावली गर्दै लड्डु ल्याएर खाए हुन्छ,’ प्रधानमन्त्री ओलीको भनाई छ । 

उनले मेलम्चीको पानी ल्याउने क्रममा सहयोग गर्ने सवैलाई धन्यवाद दिँदै मेलम्चीको पानी ल्याएकोमा खानेपानी मन्त्री मणि थापालाई ‘भाग्यमानी’ मन्त्रीको संज्ञा दिए । सरकारले विकासका ठूलाठूला काम तीव्र गतिमा गरेको देखेर आफ्नै पार्टीका नेताहरु सरकार ढाल्न लागि परेको भन्दै उनले काँग्रेससँग दुई नेता निवेदन हाल्न गएको बताए । 

‘एकथरीहरु यो सरकारले काम अचम्ममै गरेको छ, काठमाडौंमा पानी झारेको छ, राजमार्ग चौडा पारेको छ, सुरुङ खनेको छ, रेल किनेर ल्याएको छ । उधुम गर्न थाल्यो यो सरकारले रेलवे बनाएको छ । केबलकार बनाएको छ । यसलाई तुरुन्तै ढाल्न पर्यो भनेर हाम्रै पार्टीका हौ भन्ने दुइटाले औठाले सहीछाप गरेर निवेदन हाल्न गएका छन्’, ओलीले प्रचण्ड नेपालप्रति कटाक्ष गर्दै भने । 

केपी ओलीले उधुम नै गर्न लाग्यो हटाउ भनेर उनीहरु काँग्रेसकोमा निवेदन हाल्न गएको उनको भनाइ छ । 


‘हाम्रो पार्टीले प्रत्यक्ष ११६ सिट जितेको छ । प्रत्यक्ष ११६ सिट जितेको पार्टी भत्काउने ? २३ सिट सिट जितेको काँग्रेसलाई लौन प्रभु नेतृत्व गर्नुपर्यो भन्ने ? यो जनताको आदेश हो ? इच्छा हो ? यिनीहरु लोकतन्त्रका, विधि प्रक्रियाका नक्कली कुरा गर्छन्’ प्रधानमन्त्री ओलीले भने । उनले  त्यतातर्फ चिन्ता नगर्न आग्रह गर्दै त्यस्तालाई ‘ठेगान’ लगाउने चेतावनी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप