शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा लागुऔषध सहित २ जना पक्राउ

शनिबार, २२ फागुन २०७७, १७ : ३५
शनिबार, २२ फागुन २०७७

पोखरा । पोखराबाट लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेका छ । चेकजाँचका क्रममा प्रहरीले पोखराको लेखनाथमा काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको बा २ ख ५४४७ नं.को हाइस बसमा सवार दुई जनालाई लागूऔषधसहित पक्राउ गरेका हो । 

पक्राउ पर्नेमा पोखरा–२९ मुसेटुडाका प्रकाश अधिकारी र पोखरा–३० ढुंगेपाटनका राजकुमार मगर रहेको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
प्रहरीले उनीहरुको साथबाट फेनरगन २६ एम्पुल, नुर्फिन ४९ एम्पुल, र डाइजापाम २३ एम्पुल बरामद गरेको जनाएको छ । 
घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप