मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षामा जोड

शनिबार, २२ फागुन २०७७, १७ : २३
शनिबार, २२ फागुन २०७७

नेपाल पत्रकार महासङ्घका महासचिव रमेश विष्टले लोकतन्त्र, मानव अधिकार र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितताका लागि सरकार र सबै राजनीतिक दललाई आग्रह गरेका छन् । 

    चलचित्र पत्रकार सङ्घ नेपाल मकवानपुर शाखाको १२औँ वार्षिक साधारणसभामा उनले पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा कसैले पनि आँच पु¥याउने गतिविधि गर्न नहुने बताए । 

    चलचित्र पत्रकार सङ्घ नेपालको सङ्गठन उपाध्यक्ष कुवेर डङ्गोलले चलचित्र छायाङ्कनका लागि मकवानपुरका विभिन्न स्थान उपयुक्त भएको बताउँदै चलचित्रको माध्यमबाट स्थानीय पर्यटन प्रवद्र्धन गर्नुपर्ने सुझाव दिए । 
    
    पत्रकार महासङ्घका केन्द्रीय सदस्य पुरुषोत्तम सुवेदीले समाजको अग्रगामी रुपान्तरणमा पत्रकारको भूमिका महत्वपूर्ण र समाजप्रति जिम्मेवार हुने भएकाले राज्यले पनि पत्रकारिता क्षेत्रप्रति प्रेरणादायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

    सङ्घका सचिव श्रीराम दाहालले पेश गरेको वार्षिक प्रगति प्रतिवेदन सभाले सर्वसम्मतिले पारित गरेको छ । 

    कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष हरि हुमागाईं, पूर्वअध्यक्ष राममणि दाहाल, भानुभक्त आचार्य, उपाध्यक्ष कुमार अधिकारीले पत्रकारजगत् निकै संवेदनशील हुनुपर्नेमा बताए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप