शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आफूहरुसँग हतियार नभएको विप्लव समूहको दावी

शनिबार, २२ फागुन २०७७, १७ : १३
शनिबार, २२ फागुन २०७७

नेकपा विप्लव समूहले आफूहरुसँग कुनै हतियार नभएको दावी गरेको छ । सरकारसँग तीन बुँदे सहमतिका क्रममा हतियार व्यवस्थापनका कुरा कहीँकतै उल्लेख नभएपनि यसबारे विभिन्न टिकाटिप्पणी भइरहेका बेला सो पार्टीले आफूहरुसँग कुनै हतियार नरहेको दावी गरेको हो। 

शनिबार राजधानीमा आयोजित कार्यक्रममा तपाईँहरूसँग भएको हतियार कहाँ छ ? भन्ने प्रश्नमा सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलाले भने,‘त्यो कुरा अहिले यहाँ गर्न जरुरी छैन । हामीसँगको कुरा छैन त्यो । हामीलाई हाम्रो पार्टी हतियार लिएर लड्ने, हामीले भनेको सशस्त्र युद्ध पनि होइन । सशस्त्र विद्रोहको कुरा पनि होइन । हामीले भनेको त एकीकृत जनक्रान्ति हो । वैज्ञानिक समाजवाद स्थापना गर्नै हो । क्रान्ति भनेको आमूल परिवर्तन गर्ने हो । देश धनी भयो हरेक नागरिक धनी हुन्छ ।’

उसो भए तपाईँहरूसँग अत्याधुनिक वा आधुनिक हतियार छैन ? त्यही सुतली बम मात्रै हो ? भनेर पत्रकारले सोधेको अर्को प्रश्नमा उनले भने,‘हामीसँग हतियार छैन । हामीले हतियारको कुरा गरेको होइन् । हामीले गरेको कुरा एकीकृत जनक्रान्ति हो । रेभोलुसन भनेको वार होइन् । रिभोलुसन भनेको निरन्तर प्रक्रिया हो । एकीकृत जनक्रान्ति हो ।’

अर्को प्रसंगमा उनले आफूलाई पटक–पटक हिरासतमा राखिएपनि कुनै यातनाको अनुभव नभएको सुनाए । उनले भने, ‘मलाई त सम्मानपूर्वक व्यवहार गरियो । कतिपय कमरेडलाई टर्चर गरिएको कुरा आएको छ। बरु, अस्ति अदालतमा प्रहरीले धरपकड गरेको हो । सरकारसँग भएको सहमतिमै कार्यकर्ता छोड्ने र मुद्दा फिर्ता गने कुरा छ । तीन बुँदे सहमतिको बुँदा नम्बर तीनमा त्यो कुरा उल्लेख छ । त्यो तुरुन्तै हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप